काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ जनाकाे ज्यान जाने गरी भएकाे चाैरजहारी घटनाकाे ११ दिनपछि छानबिनकाे माग गरेकाे छ।
नेकपाले १० जेठमा रुकुमपश्चिमकाे चाैरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको हाे।
छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिमा छुवाछुत मानव सभ्यताविरुद्धको एउटा कलंक र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज भएकाे भन्दै साे घटनाका दोषीलाई कारबाहीको माग गरिएको छ।
महासचिव पौडेलले संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थासमेत गरिएको तर, संवैधानिक, कानूनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धि भए पनि व्यवहारमा अझै दलित समुदायमाथि विभेद र हिंसाका घटना देखा पर्नु गम्भीर चिन्ताको विषय भएकाे जनाएका छन्। उनले सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको उल्लेख गरेका छन्।
“विभत्स र त्रासदीपूर्ण रुकुमपश्चिमको उक्त घटनाको पार्टी निन्दा र भर्त्सना गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात् गर्नुपर्ने र छुवाछुतजस्तो अपराधमा संलग्न व्यक्ति पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ। त्यस आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मूल गर्न पार्टी कृतः संकल्पित रहेको छ।”
याे पनि पढ्नुहाेस्
हात भाँचिएको र आँखामा घाउचोट भएको अवस्थामा भेटियो चौरजहारी घटनामा बेपत्ता युवकको शव
चौरजहारी घटनाको स्थलगत अध्ययन गरेका सांसद भन्छन्- ‘यो सुनियोजित नरसंहार हो’
अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता
" /> काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ जनाकाे ज्यान जाने गरी भएकाे चाैरजहारी घटनाकाे ११ दिनपछि छानबिनकाे माग गरेकाे छ।नेकपाले १० जेठमा रुकुमपश्चिमकाे चाैरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको हाे।

">