काठमाडौं। कोरोना भाइरस संक्रमण हुन सक्छ भन्दै १५ जेठमा पोखरा महानगरपालिका–१५ मा बाहिरी जिल्लाबाट ल्याइएका ६ ट्रक फलफूल र तरकारी खाल्डोमा पुरियो।
त्यस्तै १८ जेठमा अर्घाखाँचीको सन्धिखर्कमा पनि कपिलवस्तुबाट लगिएको तरकारीबाट कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै तरकारी र फलफूल नष्ट गरियो। काभ्रे र चितवनबाट ल्याइएको तरकारीबाट महानगरमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै काठमाडौंमै त्यो तरकारी खाल्डोमा हालियो।
अहिले यसैगरी देशका विभिन्न स्थानीय तहमा स्वदेशी तरकारी नष्ट भइरहेका छन्। कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट तथा अर्को स्थानीय तहबाट ल्याइने तरकारीमा पूर्ण प्रतिबन्ध लगाएका छन्। केही स्थानीय तहले त प्रतिबन्ध मात्र होइन बाहिरबाट ल्याइएको तरकारी बिक्रीवितरण गरेको पाइए कडा कारबाही गर्ने समेत चेतावनी दिएका छन्।
काठमाडौंको गोदावरी नगरपालिकाले काठमाडौंका ठूला तरकारी बजारबाट ल्याइने तरकारीको बिक्री वितरणमा पूर्ण रोक लगाएको छ। कालीमाटी, बल्खु र बानेश्वरका तरकारी बजारबाट ल्याएर तरकारी बेचेको पाइए नगरपालिकाले कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
त्यसैगरी, सिन्धुली, रामेछाप, दोलखा र बागलुङ जिल्लाले समेत बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाएका छन्। कर्णाली प्रदेशले पनि केही दिनअघि मात्रै अन्य जिल्लाबाट र भारतबाट ल्याउने तरकारीको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको छ। प्रदेश सरकारले दूध, तरकारी र फलफूल आयातमा प्रतिबन्ध लगाएको हो।
यसरी, देशव्यापीरूपमा स्वदेशमै उत्पादित तरकारी प्रतिबन्ध लगाउने र नष्ट गर्ने काम भइरहँदा भारतबाट आयात गरिएको तरकारी भने भान्सा-भान्सामा पुगिरहेको छ।
एक स्थानीय तहले अर्को स्थानीय तहको तरकारी र फलफूल बिक्री वितरणमा रोक लगाउने प्रतिस्पर्धा चलिरहेकै अवस्थामा अर्बौं रूपैयाँको भारतीय तरकारीले नेपालीको भान्सा ढाकिरहेको छ।
१९ जेठसम्म नेपालमा ८५ हजार २५२ मेट्रिकटन तरकारी आयात भएको भन्सार विभागले जनाएको छ। लकडाउन शुरू भएको दिन ११ चैतदेखि २० जेठसम्म दैनिकरूपमा औसत एक हजार २१४ मेट्रिकटन आयात भएको देखिन्छ।
त्यसैगरी, २० जेठसम्म दुई लाख ३५ हजार मेट्रिकटन खाद्यान्न, ६७ हजार ४७८ मेट्रिकटन दलहन/गेडागुडी र ३५ हजार मेट्रिकटन फलफूल आयात भएको छ।
आयातित तरकारी, फलफूल, गेडागुडी र खाद्यान्नको मूल्य अर्बौंमा भएको भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन्। लकडाउनको ४२औं दिनसम्मको अवधिमा चार अर्ब १२ करोड ५५ लाख रूपैयाँ बराबरको तरकारी आयात भएको विभागले जनाएको छ।
यसरी भारतबाट निर्वाध तरकारी र खाद्यान्न आयात हुँदा पनि स्वदेशमै उत्पादित तरकारी नष्ट गरिँदा किसानहरू हतोत्साहित भएको तरकारी तथा फलफूल महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे बताउँछन्।
“उत्पादित तरकारीले बजार नपाइरहेको समयमा बिक्रीको वातावरण मिलाउन छाडेर प्रशासन कार्यालय र स्थानीय तहहरू त्यसलाई नष्ट गर्नमा लागिरहेका छन्”, घिमिरेको आरोप छ।
के तरकारीबाट सर्छ कोरोना ?
कोरोना भाइरस संक्रमितले खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने थुकका छिटाहरूमा रहने भाइरस अर्को व्यक्तिले छोएर नाक वा मुखसम्म हात पुर्याउँदा यो रोग सर्छ। त्यसो भए के यी भाइरस तरकारी वा फलफूलबाट सर्छन् त ?
विज्ञहरूका अनुसार अहिलेसम्म तरकारी वा फलफूलबाट यो भाइरस संक्रमण भएको कुनै प्रमाण छैन। यो सम्भावना कम छ किनभने तरकारी वा फलफूलभित्र यो भाइरस बाँच्ने उपयुक्त वातावरण हुँदैन। संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्केका छिटाहरू तरकारी वा फलफूलका सतहमा परेर त्यहाँ भाइरस रहिरहने सम्भावना भने हुन्छ। तर, ती भाइरस कोभिड-१९ रोग लगाउन सक्षम हुन्छन् भन्ने पुष्टि भइसकेको छैन। त्यसैले तरकारी वा फलफूलबाट भाइरस सर्छ भनेर आत्तिइहाल्नु नपर्ने विज्ञहरू बताउँछन्।
बरू सावधानीका उपाय अपनाउनु राम्रो हुने उनीहरूको भनाइ छ। तरकारी वा फलफूल खुला धारामा धुनु उपयुक्त हुने, त्यसको सतह सफा ब्रसले खुर्किन पनि सकिने, तरकारी वा फलफूल सफा गरेपछि साबुनपानीले हात धुन भने बिर्सन नहुने विज्ञहरूको सल्लाह छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमण हुन सक्छ भन्दै १५ जेठमा पोखरा महानगरपालिका–१५ मा बाहिरी जिल्लाबाट ल्याइएका ६ ट्रक फलफूल र तरकारी खाल्डोमा पुरियो।त्यस्तै १८ जेठमा अर्घाखाँचीको सन्धिखर्कमा पनि कपिलवस्तुबाट लगिएको तरकारीबाट कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै तरकारी र फलफूल नष्ट गरियो। काभ्रे र चितवनबाट ल्याइएको तरकारीबाट महानगरमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै काठमाडौंमै त्यो तरकारी खाल्डोमा हालियो।

">