कतै स्मार्ट होम डिभाइसले जासूसी त गरिरहेको छैन ?

लन्डन। प्रविधिले मानिसको जिन्दगी सहज बनाइदिएको छ। तर, त्यही प्रविधि प्रयोगकर्ताकै विरुद्ध प्रयोग हुने जोखिम पनि उत्तिकै छ।

स्मार्ट डिभाइसहरूमा जडित विभिन्न प्रकारका सेन्सर प्रयोगकर्ताको जासुसीमा प्रयोग हुने जोखिम अत्यधिक छ। इन्टरनेटको माध्यमबाट चल्ने डिभाइसहरू जासूसीमा प्रयोग हुने आशंकामा कतिपयले अहिले पनि तिनलाई जासूस संज्ञा दिने गरेका छन्।

एक अध्ययनका अनुसार स्मार्ट डिभाइसहरूले घरेलु हिंसालाई बढावा दिइरहेका छन्। र, सम्बन्धहरूमा तिक्तता बढाइरहेका छन्।

खासगरी, स्मार्टफोनको प्रयोग सबैभन्दा ज्यादा जोखिमपूर्ण रहेको र मानिसको वैयक्तिक जीवन पूर्ण रूपमा समाप्त बनाइदिएको अध्ययनको निष्‍कर्ष छ। स्मार्टफोनमार्फत व्यक्तिले थाहै नपाई उसको जासूसी भइरहेको हुन सक्छ।

धेरै बाबु-आमाले आफ्ना सन्तानमाथि नजर राखिराख्‍न यस्ता डिभाइसहरूको प्रयोग गरिरहेका हुन्छन्। घर-घरमा जडित क्यामेराले बाहिरका मानिसको मात्र होइन, परिवारकै सदस्यहरूमाथि पनि निगरानी राखिरहेका हुन्छन्।

घरमा को आयो, कुन कोठामा गयो, कतिबेर बस्योलगायत जानकारी त्यस्ता क्यामेराले दिइरहेका हुन्छन्। परिवारकै सदस्य पनि कतिबेला घरबाट निस्र्कि, कतिबेला फर्केलगायत जानकारी लिन पनि ती क्यामेरा प्रयोग हुन सक्छन्।

घरमा इन्टरनेटबाट चल्ने ताल्चा लगाइएको छ भने घरबाहिरै बसेर पनि कसैलाई घरमै बन्द गर्न सकिन्छ। यस्ता स्मार्ट डिभाइस बनाउनेहरूले तीमार्फत एकअर्काको जिन्दगी नियन्त्रित हुन सक्छ भनेर सोचेका पनि थिएनन् होला।

बेलायमा रोस केयर्न्स नामक व्यत्तिले घरमा तापमान नियन्त्रित गर्ने माइक्रोफोन ट्याब्लेटबाट आफ्नी पत्‍नीको जासूसी गरेको सार्वजनिक भएको थियो। उनलाई पछि ११ महीनाको जेल सजायँ भएको थियो।

बीबीसीका अनुसार घरका कुनै एक व्यक्तिसँग स्मार्ट डिभाइसको नियन्त्रण छ भने बाँकी सदस्यको व्यक्तिगत जीवन नियन्त्रित छ भनेर बुझे हुन्छ।

जानकारहरूको भनाइमा अन्तर्राष्‍ट्रिय स्तरमा घरेलु हिंसा हाम्रो कल्पनाभन्दा बाहिर छ, जो एक भाइरसको जस्तै फैलिएको छ।

साइबर सुरक्षासम्बन्धी विज्ञहरूको भनाइमा आफ्नो पार्टनरको मोबाइलमा म्यासेज हेर्ने, फोनको लोकेसन ट्रयाक गर्ने र पार्टनरको क्यामेरामा प्रवेश गर्नेवाला डिभाइसको प्रयोग ३५ प्रतिशतले बढेको छ।

जासूसी गर्न चाहने मानिसले प्रयोगकर्ताको मोबाइलमा थाहै नपाई यस्ता एप हालिदिएका हुन्छन्।

प्रविधि मानिसको जिन्दगी सहज बनाउनका लागि विकास गरिएको हो। त्यसैले तिनको उपयोग त्यही सकारात्मक सोचका साथ गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्