लकडाउनको मोडालिटीबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। ११ चैतदेखि जारी लकडाउनको मोडालिटी परिवतर्न गर्ने लगायतका बारेमा निर्णय मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। आजको मन्त्रिपरिषद् बैठकमा लकडाउनको स्वरुप केही परिवर्तन गर्ने बारे निर्णय हुन सक्ने बुझिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक नियमित भएको र समसामयिक विषयमा छलफल हुने जानकारी दिए।

११ चैतदेखि लागू गरिएको लकडाउनको पछिल्लो समय ३२ जेठसम्म कायम गरिएको छ। लामोसमय सम्मको लकडाउनका कारणले जनजीवन प्रभावित भएको र आर्थिक गतिविधि ठप्प रहेको भन्दै लकडाउन खुकुलो बनाउनुपर्ने माग भइरहेको छ।

अहिलेको लकडाउनको स्वरूपलाई केही परिवर्तन गर्ने विषयमा सबै क्षेत्रबाट सुझाव आइरहेकाले पनि सरकारले केही निर्णय लिन सक्ने देखिएको छ।

हिजो मात्रै प्रधानमन्त्रीले बालुवाटारमा विज्ञहरूसँग आवश्यक परामर्श र सल्लाह गरेका थिए। उक्त छलफलमा समेत विज्ञहरूले परीक्षणको दायरा बढाएर अहिले कायम भएको लकडाउनको मोडालिटीमा केही परिवर्तन गर्नु आवश्यक रहेको सुझाव दिएका थिए। लकडाउनले आर्थिक गतिविधि ठप्प भएको भन्दै विभिन्‍न ठाउँका व्यापारिक संघसंस्थाहरूले स्वत:स्फूर्त रूपमा व्यापार व्यवसाय सञ्‍चालन गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्