काठमाडौं। गतवर्षको १५ साउनमा गोरखाको पालुङटारमा एनसेलको टावरमा आगजनी गर्ने कार्यमा संलग्न रहेको अभियोग लागेकी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल पाँच हजार रूपैयाँ धरौटी बुझाएर छुटेलगत्तै पक्राउ परेकी छन्।
गोरखा प्रहरीले ‘सार्वजनिक शान्तिविरुद्धको कसूर’ अभियोगमा उनलाई हिजो, २१ जेठमा अदालतमा बुझाएको थियो। हिजो नै बयान सकेको अदालतले आज थुनछेक आदेश गरेको हो।
न्यायाधीश र श्रेस्तेदार अनुपस्थित भएकाले निमित्त श्रेस्तेदार टेकबहादुर वलीले भुजेललाई पाँच हजार धरौटीमा छुट्ने आदेश गरेका हुन्। उनको आदेशमाथि न्यायाधीशले पछि पुनर्विचार गर्नसक्नेछन्। त्यसका लगि १ असारलाई पुनर्विचार पेशी तोकिएको निमित्त श्रेस्तेदार वलीले बताए।
सोही घटनामा संलग्न भएको अभियोग लागेका अन्य तीन जना नेकपा कार्यकर्ता पनि यसअघि नै पाँच हजार धरौटीमै छुटिसकेका छन्। गोरखा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले भुजेलविरुद्ध ललीतपुर प्रहरीमा मुद्दा रहेको भन्दै पक्राउ गरेर अब ललीतपुर प्रहरीको जिम्मा लगाउने बताए।
गत वर्षको २० पुसमा सुनसरीबाट पक्राउ परेकी भुजेल त्यसपछि विभिन्न अदालतले छाड्न आदेश दिएपनि छुट्न पाएकी छैनन्। सुनसरी, झापा, धनुषा अदालतमा विभिन्न मुद्दा रहेको भन्दै त्यहाँ पुर्याइए पनि अदालतहरूले धरौटीमा छाड्न आदेश दिएका थिए।
कुनै एउटा अदालतले छाड्न आदेश दिनेबित्तिकै पक्राउ गरेर प्रहरीले अर्को जिल्ला पुर्याउने गरेको छ। १८ जेठमा कैलालीको जिल्ला अदालतमा संगठित अपराधको मुद्दा सामना गरेकी भुजेललाई अदालतले तारेखामा छाड्न आदेश दिएको थियो।
त्यसपछि सार्वजनिक शान्तिविरुद्धको कसूरमा गोरखा पुर्याइएकी उनलाई त्यहाँको अदालतले आज पाँच हजार धरौटीमा छाड्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेर ललीतपुर पठाउन लागेको छ।
द्वन्द्वकालमा गोरखाको जेल ब्रेक गरेर भाग्न सकेकी उमा पूर्वसभासद् पनि हुन्।
पढ्नुहोस्
चन्द समूहमाथि लगाइएको प्रतिबन्धमा पहिलोपटक अदालतले उठायो प्रश्न
चन्द समूहका नेता अनिल शर्माको उपचारमा बाधा नपुर्याउन अदालतको आदेश
" /> काठमाडौं। गतवर्षको १५ साउनमा गोरखाको पालुङटारमा एनसेलको टावरमा आगजनी गर्ने कार्यमा संलग्न रहेको अभियोग लागेकी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल पाँच हजार रूपैयाँ धरौटी बुझाएर छुटेलगत्तै पक्राउ परेकी छन्।गोरखा प्रहरीले ‘सार्वजनिक शान्तिविरुद्धको कसूर’ अभियोगमा उनलाई हिजो, २१ जेठमा अदालतमा बुझाएको थियो। हिजो नै बयान सकेको अदालतले आज थुनछेक आदेश गरेको हो।

">