काठमाडौं। लकडाउन उल्लंघ गर्दै आजदेखि पसल खोलेका व्यापारीलाई प्रशासनले अवरोध नगर्ने भएको छ।
काठमाडौं उपत्यकाको प्रशासनले आजदेखि पसल खोलेका साना व्यापारीहरूलाई बिना कुनै अवरोध बिहान ११ बजेसम्म पसल सञ्चालन गर्ने दिने भएको हो।
व्यापारीहरूले आजदेखि आफूखुशी पसल खोल्न थालेपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले व्यापारीहरूलाई वार्तामा बोलाएको थियो।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको वार्तापछि व्यापारीहरूलाई पसल खोल्न कुनै अवरोध नगर्ने निर्णय भएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए।
उनले भने, “हामीले उहाँहरूसँग आफ्ना सबै समस्या राख्यौं। सबै समस्या सुनेपछि उहाँहरूले अवरोध नगर्ने भन्नु भएको छ।”
जसअनुसार, व्यापारीहरूले बिहान ११ बजेसम्म खोल्न पाउने भएका छन्।
लकडाउनको नयाँ मोडालिटी तयार नहुँदासम्म बिहानको ११ बजेसम्म पसल खोल्न दिने निर्णय भएको कटुवालले बताए। तर, नयाँ मोडालिटी आएपछि त्यसैका आधारमा पसल सञ्चालन गरिने छन्।
छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेललगायत साना व्यवसायीहरू सहभागी थिए।
यस्तै, सुरक्षा निकायका प्रमखु/प्रतिनिधिको समेत सहभागिता भएको छलफलमा व्यापारीहरूका तर्फबाट नेपाल चेम्बर अफ कमर्श र राष्ट्रिय व्यापार महासंघका प्रतिनिधिहरूको समेत सहभागिता थियो।
" /> काठमाडौं। लकडाउन उल्लंघ गर्दै आजदेखि पसल खोलेका व्यापारीलाई प्रशासनले अवरोध नगर्ने भएको छ।काठमाडौं उपत्यकाको प्रशासनले आजदेखि पसल खोलेका साना व्यापारीहरूलाई बिना कुनै अवरोध बिहान ११ बजेसम्म पसल सञ्चालन गर्ने दिने भएको हो।

">