संक्रमितको संख्या बढेपछि 'कोरोना बिमा' बन्द गर्न बिमा समितिको निर्देशन
काठमाडौं। संक्रमितहरूको संख्या तीब्र रूपमा बढ्न थालेपछि बिमा समितिले 'कोरोना बिमा पोलिसि' बन्द गर्न निर्देशन दिएको छ।

पछिल्ला दिनमा संक्रमितको संख्या बढेपछि नेपाल बिमक संघले तत्कालका लागि 'कोरोना बिमा पोलिसि' बन्द गर्न भन्दै बिमा समितिमा प्रस्ताव गरेका थिए।

समितिले आज सबै बिमा कम्पनीहरूलाई कोरोना बिमाको पोलिसि बन्द गर्न निर्देशन दिएको हो।

बिमा समितिबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, “हालसम्म बिक्री भएको बिमाको दायित्व अधिक भएकाले पुनर्बिमा समेत गर्नुपर्ने देखिएको छ। त्यसैले २०७७ साल २३ जेठ (भोलि) देखि केही समयका लागि कोरोना बिमा स्थगन गर्न अनुरोध गरिन्छ।”

संक्रमित बढ्दै गइरहेको समयमा कोरोना बिमाप्रति आकर्षण बढेपछि दाबी भुक्तानी गर्न पर्ने रकमको परिणाम बढ्ने र दाबी अनुसारको भुक्तानी गर्न समस्या हुने आकलनपछि पोलिसि नै बन्द गरिएको हो।

यद्यपी, सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै कोरोना बिमालाई समावेश गरेको छ।

बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले अस्थायी र करार लगायत सबै कर्मचारीको एक लाख रूपैयाँसम्मको कोरोना बिमा नि:शूल्क गर्ने घोषणा गरेका थिए।

यस्तै, एक लाखसम्मको सामूहिक कोरोना बिमा गर्दा लाग्ने वार्षिक बिमा शूल्कमा सरकारले ५० प्रतिशत अनुदान समेत दिने प्रावधान समेटेको थियो।

तर, त्यसरी अनुदान दिने व्यवस्था हुँदा थप बिमा गर्दै जाँदा दोहोरो बिमा हुने सम्भावना समेत बढेको बिमा समितिले जनाएको छ।

बिमा समितिकै पहलमा बिमा कम्पनीहरूले ७ वैशाखदेखि कोरोनाको बिमा गर्न शुरू गरेका थिए।

हाल २० वटा बिमा कम्पनीहरूले कोरोनाको बिमा गर्दै आएका थिए। आजसम्म गरेको कोरोना बिमाको दाबी भुक्तानी भने हुने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्