वीरगन्जमा अग्नि नियन्त्रकको गोली हानी हत्या

वीरगन्ज। वीरगन्ज महानगरपालिकाका अग्नि नियन्त्रकको गोली हानी हत्या भएको छ।

वारुण यन्त्र शाखामा कार्यरत बुनिलालप्रसाद चौरसियाको गोली हानी हत्या भएको पर्सा प्रहरीले जनाएको छ।

७ कात्तिक साँझदेखि घरबाट निस्केका उनको आज बिहान माइधीया पोखरी नजिकै शव भेटिएको छ।

पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाका अनुसार मृतकको शरीरका विभिन्न ठाउँमा गोली लागेको देखिएको छ।

नारायणी अस्पतालमा शवको पोष्टमार्टम गरिएको छ।

उनको टाउको र छातीमा दुई/दुई र नाइटोमा एक गरी पाँच गोली लागेको देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

“पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, त्यसपछि थप कुरा खुल्छ”, डीएसपी थापाले भने, “प्रारम्भिक अनुसन्धान हेर्दा उनको गोली हानेरै हत्या गरेको देखिन्छ।”

प्रहरीले चाैरसियाकाे हत्या आशंकामा वीरगन्ज–६, माइस्थानका दीपककिशाेर अग्रवाल र उनकी श्रीमती नीति अग्रवाललाई नियन्त्रणामा लिएकाे छ।

चौरसियाको हत्या गरेर शव कपडामा बेरेर फालिएको अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साले जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाएर पनि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्