काठमाडौं। आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो कसरी गर्न सकिन्छ भन्ने बारे प्रष्ट खाकासहितको प्रस्ताव ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरूप केही फरक बनाउने जिम्मा समितिलाई दिएको एक मन्त्रीले बताए।

“अहिलेसम्मको लकडाउनले पारेको प्रभावका बारेमा बैठकमा छलफल भएको छ”, उनले भने, “त्यसै अनुसार समितिलाई निर्देशन दिने निर्णय भएको छ। समितिको सिफारिसका आधारमा आगामी बैठकले निर्धारण गर्नेछ।”

दुई महीना भन्दा लामो समयदेखि जारी लकडाउनका कारणले जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधि ठप्प भएको भन्दै लकडाउनको स्वरूप केही परिवर्तन गर्नुपर्ने चौतर्फी दबाब आइरहेको छ।

आजै उपत्यका क्षेत्रका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको बैठकले पनि उच्चस्तरीय समितिलाई उपत्यका क्षेत्रमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव पेश गरेको थियो।

उक्त सुझावका बारेमा उच्चस्तरीय समितिले मन्त्रिपरिषद्को बैठकमासमेत पेश गरेर छलफल भएको बताइएको छ। आजको बैठकमा अहिलेसम्म कोभिड-१९ को रोकथाम नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा पनि छलफल भएको ती मन्त्रीले बताए।

आजको बैठकमा लकडाउनको स्वरूप फेर्नबारे निर्णय हुने बताइए पनि हुन सकेन। स्रोतका अनुसार केहीदिनदेखि प्रधानमन्त्री यस विषयमा विभिन्न छलफलमा व्यस्त रहेको र केही दिनभित्रमा नै बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बुझिएको छ।

उच्चस्तरीय समितिले पेश गर्ने कार्ययोजनाका आधारमा नै आगामी मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ।

कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सरकारले ११ चैत देखि देशैभर लकडाउन लागू गरेको छ। पछिल्लोपटक यसको अवधि ३२ जेठसम्म बढाइएको छ। त्यसअघि नै सरकारले लकडाउनको स्वरूप केही फेर्ने तयारी गरिरहेको बुझिएको छ।

" /> काठमाडौं। आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो कसरी गर्न सकिन्छ भन्ने बारे प्रष्ट खाकासहितको प्रस्ताव ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरूप केही फरक बनाउने जिम्मा समितिलाई दिएको एक मन्त्रीले बताए।

“अहिलेसम्मको लकडाउनले पारेको प्रभावका बारेमा बैठकमा छलफल भएको छ”, उनले भने, “त्यसै अनुसार समितिलाई निर्देशन दिने निर्णय भएको छ। समितिको सिफारिसका आधारमा आगामी बैठकले निर्धारण गर्नेछ।”

दुई महीना भन्दा लामो समयदेखि जारी लकडाउनका कारणले जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधि ठप्प भएको भन्दै लकडाउनको स्वरूप केही परिवर्तन गर्नुपर्ने चौतर्फी दबाब आइरहेको छ।

आजै उपत्यका क्षेत्रका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको बैठकले पनि उच्चस्तरीय समितिलाई उपत्यका क्षेत्रमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव पेश गरेको थियो।

उक्त सुझावका बारेमा उच्चस्तरीय समितिले मन्त्रिपरिषद्को बैठकमासमेत पेश गरेर छलफल भएको बताइएको छ। आजको बैठकमा अहिलेसम्म कोभिड-१९ को रोकथाम नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा पनि छलफल भएको ती मन्त्रीले बताए।

आजको बैठकमा लकडाउनको स्वरूप फेर्नबारे निर्णय हुने बताइए पनि हुन सकेन। स्रोतका अनुसार केहीदिनदेखि प्रधानमन्त्री यस विषयमा विभिन्न छलफलमा व्यस्त रहेको र केही दिनभित्रमा नै बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बुझिएको छ।

उच्चस्तरीय समितिले पेश गर्ने कार्ययोजनाका आधारमा नै आगामी मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ।

कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सरकारले ११ चैत देखि देशैभर लकडाउन लागू गरेको छ। पछिल्लोपटक यसको अवधि ३२ जेठसम्म बढाइएको छ। त्यसअघि नै सरकारले लकडाउनको स्वरूप केही फेर्ने तयारी गरिरहेको बुझिएको छ।

"> लकडाउन खुकुलो बनाउने योजना ल्याउन उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्को निर्देशन: Dekhapadhi प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरूप फेर्नेबारे प्रस्ताव ल्याउने जिम्मा समितिलाई दिएको एक मन्त्रीले बताए।

लकडाउन खुकुलो बनाउने योजना ल्याउन उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्को निर्देशन
काठमाडौं। आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो कसरी गर्न सकिन्छ भन्ने बारे प्रष्ट खाकासहितको प्रस्ताव ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरूप केही फरक बनाउने जिम्मा समितिलाई दिएको एक मन्त्रीले बताए।

“अहिलेसम्मको लकडाउनले पारेको प्रभावका बारेमा बैठकमा छलफल भएको छ”, उनले भने, “त्यसै अनुसार समितिलाई निर्देशन दिने निर्णय भएको छ। समितिको सिफारिसका आधारमा आगामी बैठकले निर्धारण गर्नेछ।”

दुई महीना भन्दा लामो समयदेखि जारी लकडाउनका कारणले जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधि ठप्प भएको भन्दै लकडाउनको स्वरूप केही परिवर्तन गर्नुपर्ने चौतर्फी दबाब आइरहेको छ।

आजै उपत्यका क्षेत्रका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको बैठकले पनि उच्चस्तरीय समितिलाई उपत्यका क्षेत्रमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव पेश गरेको थियो।

उक्त सुझावका बारेमा उच्चस्तरीय समितिले मन्त्रिपरिषद्को बैठकमासमेत पेश गरेर छलफल भएको बताइएको छ। आजको बैठकमा अहिलेसम्म कोभिड-१९ को रोकथाम नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा पनि छलफल भएको ती मन्त्रीले बताए।

आजको बैठकमा लकडाउनको स्वरूप फेर्नबारे निर्णय हुने बताइए पनि हुन सकेन। स्रोतका अनुसार केहीदिनदेखि प्रधानमन्त्री यस विषयमा विभिन्न छलफलमा व्यस्त रहेको र केही दिनभित्रमा नै बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बुझिएको छ।

उच्चस्तरीय समितिले पेश गर्ने कार्ययोजनाका आधारमा नै आगामी मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ।

कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सरकारले ११ चैत देखि देशैभर लकडाउन लागू गरेको छ। पछिल्लोपटक यसको अवधि ३२ जेठसम्म बढाइएको छ। त्यसअघि नै सरकारले लकडाउनको स्वरूप केही फेर्ने तयारी गरिरहेको बुझिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्