काठमाडाैं। सन्निकट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ।

अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा अभिप्रेरित गर्ने जापान सरकारको प्रतिबद्धता छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न भएको जापान भ्रमणका क्रममा जापान सरकारले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

भ्रमणका दौरानमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोग अभिवृद्धिका साथै भ्रमण वर्षलाई सहयोग गर्ने त्यहाँका प्रधानमन्त्रीले बताएका थिए।

राष्ट्रपति भण्डारी ३ कात्तिकमा जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्मार हुँदै जापान पुगेकी थिइन्।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गरेकी थिइन्।

जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताएका थिए।  उनीहरूबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौं–ओशाकाबीच नेपाल वायुसेवा निगमको सीधा उडान भएझै जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

नेपाल र जापानबीच सीधा हवाई सम्पर्क विस्तार भएकाले पनि जापानबाट उल्लेख्य संख्यामा पर्यटन नेपाल आउने अपेक्षा गरिएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज ए–३३० ले गत १२ भदौदेखि जापानको ओशाकास्थित ओशाका कन्साई इन्टरनेशनल एयरपोर्टमा व्यावसायिक उडान शुरु गरेको थियो।

निगमले साताको दुई दिन मंगलबार र शनिबार नियमित उडान गर्दै आइरहेको छ।

निगमले नेपालीको बसोबास बाक्लो भएको जापानको राजधानी टोकियो नजिकको टोकियो नारिता इन्टरनेशनल एयरपोर्टमा तिहारपछि सीधा उडान गर्ने तयारी गरेको छ। त्यसका लागि आवश्यक तयारी भइरहेको निगमले जनाएको छ।

जापानबाट वार्षिक ४० हजार पर्यटक नेपाल भित्र्याउने निगमको लक्ष्य छ।

राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गरेकी थिइन्।

जवाफमा जापानका प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पर्ने सहयोग गर्ने आवश्यक प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आएका छन्।

सन् २०१७ मा २७ हजार ३२६ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

सन् २०१४ मा २५ हजार ८२९ र सन् २०१६ मा २२ हजार ९७९ जापानी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

भूकम्प र नाकाबन्दीकाबीच पनि सन् २०१५ मा १४ हजार ४६५ जापानी नागरिकले नेपाल भ्रमण गरेका थिए।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

भ्रमण वर्ष अभियानको संघारमा नेपाल र जापानबीचको उच्चस्तरीय भ्रमण तथा निगमले जापान सीधा उडानले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने अपेक्षा गरिएको छ।

जापानमा करीब ११ करोड जनसंख्या छ । टोकियो, ओशाका, योकोहामालगायत मुख्य शहर हुन्।

जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताइन्छ। रासस

" /> काठमाडाैं। सन्निकट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ।

"> नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने जापानकाे प्रतिबद्धता: Dekhapadhi
नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने जापानकाे प्रतिबद्धता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्