आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण
काठमाडौं। आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ, जुन विसं २०७७ सालको पहिलो पनि हो।
गत १० जनवरीमा सन् २०२० को पहिलो चन्द्रग्रहण लागेको थियो।
नेपाली समयअनुसार राति ११ बजेर ३० मिनटमा शुरु हुने चन्द्रग्रहण भोलि बिहान दुई बजेर ४९ मिनटमा समाप्त हुनेछ। राति एक बजेर नौ मिनटमा चन्द्रग्रहणको सबैभन्दा बढी प्रभाव रहने छ।
वैज्ञानिकहरूका अनुसार यो पिनम्ब्रल अथवा उपछाया ग्रहण हो। त्यो भनेको पृथ्वीको छायाको बाहिरको हिस्सा चन्द्रमामा पर्नु हो, जसको छाया फिका हुने गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्