काठमाडौं। समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखसँग माग गरेकी छिन्।
प्रतिनिधि सभाको आजको बैठकमा उनले १९ जेठको संसद बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग माग गरेकी हुन्।
मन्तव्यमा प्रयोग गरिएको शब्दहरूले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै गिरीले सभामुखको ध्यानाकर्षण गराइन्।
उनले आफूविरुद्ध अभिव्यक्ति दिने सांसदको नाम उल्लेख नगरी “घृणाको मन्तव्य” को संज्ञा दिँदै कानूनी कारवाही अघि बढाउन गृहमन्त्रालयसँग माग गरिन्।
गिरीले भनिन्, “जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिए। मेरो अनुपस्थितिमा संसदका एक माननीय जी ले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाका मन्तव्य भनिन्छ। अंग्रेजीमा यसलाई 'हेटस्पीच' भनिन्छ। किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो। मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रूपमा पनि आक्रमण गर्न सक्थेँ साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो। म त्यस्तो भाषा प्रयोग गर्दिन। म प्रेमपूर्ण ढंगले आफ्नो भनाई राख्छु। म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानून अनुसार 'हेट स्पीच' कानूनी कारवाहीका लागि पर्याप्त हुन्छ। त्यसैले कानूनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु ।”
चाँदीको चम्चामा कसैले सांसद पद नदिएको भन्दै सबैले आ-आफ्नो पदीय मर्यादामा रहेर अरुसँग पनि मर्यादित व्यवहार गर्नुपर्ने उनको टिप्पणी छ।
सांसद अमृतादेवी अग्रहरीले गिरीको पक्षमा बोल्दै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफि माग्नुपर्ने बताइन्।
अग्रहरीले भनिन् “१९ गतेको बैठकमा माननीय गंगा चौधरीलेले प्रयोग गर्नुभएको शब्द प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । म स्पष्ट रुपमा भन्नु चाहन्छु माननीय गंगा चौधरीले माफि माग्नुपर्छ । ”
सदनमा सांसदको रूपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पूरा गरेर आएको भन्दै उनले सबैको सम्मान गर्ने गरी मन्तव्य दिन पनि आग्रह गरिन्।
अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरूले संसदीय मर्यादा विपरित नाम नै किटान गरेर अभिव्यक्ति दिईएको भन्दै आपत्ति जनाएका थिए ।
जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले विरोध गरेका हुन्।
" /> काठमाडौं। समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखसँग माग गरेकी छिन्।प्रतिनिधि सभाको आजको बैठकमा उनले १९ जेठको संसद बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग माग गरेकी हुन्।

">