उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार <p>डाेल्पा। डोल्पामा लेक लागेर बिरामी भएका दुईजना जर्मन नागरिकलाई उद्धार गरिएको छ।</p> <p>माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका दुईजना जर्मन नागरिकलाई आज दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडाै&zwnj; लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।</p> <p>माथिल्लो डोल्पा अवलोकन गर्न गएका दुवैजना पर्यटक छार्का ताङसोङ गाउँपालिकास्थित मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर बिरामी परेका हुन्।</p> <p>उद्धार अनुमति पत्रको फोटोकपी नबुझिने भएकाले उनीहरूको नाम भन्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खस्टप्रसाद खकुरेलले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्