लकडाउनमा झण्डै तीन अर्बको लगानी स्वीकृत, वैदेशिक लगानी करीब एक अर्ब
काठमाडौं। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न लकडाउन जारी रहेका समयमा झण्डै तीन अर्ब रूपैयाँको लगानी स्वीकृत भएको छ।

लकडाउन अवधिमा उद्योग विभागबाट स्वदेशी तथा विदेशी लगानी गरी दुई अर्ब ७४ करोड ९० लाख रूपैयाँको लगानी स्वीकृत भएको हो।

उद्योग मन्त्रालयले दिएको जानकारी अनुसार यस अवधिमा ११ वटा उद्योगमा ९२ करोड ९० लाख रूपैयाँको विदेशी लगानी स्वीकृत भएको छ।

यस्तै, विभागले लकडाउन अवधिमै एक अर्ब ८२ करोड २० लाख रूपैयाँको स्वदेशी लगानी स्वीकृत गरेको छ।

यस अवधिमा सबैभन्दा बढी विदेशी लगानी चीनबाट चिनबाट भित्रिएको उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।

चीनबाट सातवटा उद्योगमा ७२ कराेड ७० लाख रूपैयाँको लगानी भित्रिएको छ। यस्तै, भारत, दक्षिण कोरिया, नेदरल्याण्ड र मलेशियाबाट पाँच/पाँच करोड रूपैयाँको लगानी भित्रिएको छ।

यसैगरी मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका व्यक्तिहरू एवं विज्ञहरूसहितको एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरेको छ।

मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६, को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको काममा सहयोग गर्न यस्तो समिति गठन गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्