काठमाडौं। ११ वर्षदेखि धातुबाट बन्ने हस्तकलाका सामग्री बेच्दै आएका काठमाडौं, बौद्धका रविन्द्र शाक्यको व्यवसाय अहिले ठप्प छ।
नेपाल घुम्न आएका विदेशी पर्यटकलाई उनले दैनिक ५० हजारदेखि एक लाखसम्मका मूर्ति बेच्ने गर्थे। तर, विश्वव्यापी महामारी कोभिड-१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि उनको व्यवसाय पनि शून्य कारोबारमा पुगेको छ।
उनी मात्र होइन, सिंगो हस्तकला व्यवसाय नै अहिले शून्यमा पुगेको छ। नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यका अनुसार नेपालमा विदेशी पर्यटकलाई लक्षित गरेर १० हजारजति पसल सञ्चालनमा छन्।
महासंघका अध्यक्ष शाक्यका अनुसार सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णय गर्दा व्यवसायीहरु उत्साहित थिए। आखिर नेपाली हस्तकला बजार नै पर्यटनसँग जोडिएको थियो।
नेपाल आउने पर्यटकले नेपालको चिनो स्वरूप हस्तकलाका सामग्री किनेर लैजाने गर्थे। नेपालका पर्यटकिय र ऐतिहासिक क्षेत्रमा विदेशीलाई हस्तकलाका सामग्री बेचेर धेरैको रोजीरोटी जुट्थ्यो।
खासगरी भक्तपुर, पाटन, वसन्तपुर, ठमेल, दरबारमार्ग, बौद्ध र स्वयम्भू जस्ता काठमाडौं उपत्यकाका पर्यटकिय क्षेत्रमा धेरै नेपालीले हस्तकलाका सामाग्री बेचेर आफ्नो जिविका चलाउँदै आएका थिए।
धेरैले डबली र फुटपाथमै सामग्री बेचेर जीवन चलाउँथे। तर महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएपछि हस्तकला बजार पनि मन्दीमा पुगेको छ।
महासंघले काष्ठकला, धातुकला, उनी, पश्मिना र हातेकागजलाई हस्तकला उद्योगमा समावेश गरेको छ। गत वर्ष यी सबै क्षेत्रका गरी चार हजार उद्योग दर्ता भएका थिए।
यी उद्योगहरुमा देशभर प्रत्यक्ष र अप्रत्यक्ष गरी ११ लाख श्रमिक आबद्ध भएको अनुमान गरिएको छ। हस्तकला व्यवसाय ठप्प हुँदा यी सबैको दैनिक आम्दानी गुमेको छ।
हस्तकला व्यवसाय ठप्प हुँदा एकातिर यसमा आबद्ध व्यवसायी र श्रमिकको जिविका ठप्प भएको छ भने अर्कोतिर नेपालबाट निर्यात पनि घटेको छ।
महासंघका अनुसार गत वर्ष नेपालबाट १० अर्ब रूपैयाँ बराबरको हस्तकलाका सामग्री विदेश निर्यात भएका थिए। त्यस्तै नेपाल घुम्न आएका पर्यटकले त्यति नै रकम बराबरको हस्तकला सामग्री लगेका थिए।
महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्य हस्तकला उद्योग पर्यटनसँग आश्रित उद्योग भएकोले अहिले पर्यटन नहुँदा समस्या भएको बताउँछन्।
यस्तै, नेपालमा उत्पादित हस्तकलाका सामाग्रीहरुको प्रमुख गन्तव्य युरोप र अमेरिका यतिबेला महामारीसँग लडिरहेका छन्। त्यसैले निर्यात समेत बन्द छ।
महामारीपछि यो मन्दी तुलनात्मक रूपमा कम भए पनि विदेशी बजार भने खस्किने आकलन शाक्यको छ। नेपाली हस्तकलाको प्रमुख बजार युरोप र अमेरिका आफै महामारीका कारण संकटबाट गुज्रिरहेकाले बजार खस्किने उनको अनुमान छ।
“महामारीबाट बाहिर निस्केपछि उनीहरुको प्राथमिकतामा हस्तकलाका सामग्री पर्नेछैन”, निर्वतमान अध्यक्ष शाक्य भन्छन्, “उनीहरुको प्राथमिकता अरु नै पर्ने भएकाले पहिलेकै जस्तो निर्यात हुँदैन।”
यसका साथै, आगामी एक वर्षसम्म नेपाल घुम्न आउने पर्यटकको संख्या न्यून हुनेछ। त्यसैले घुम्न आउने विदेशीहरुले पहिलाको जस्तै सामान किन्ने अवस्था पनि रहँदैन।
सोहीकारण, हस्तकलाका सामाग्रीको अर्बौ रूपैयाँको बजार कोरोनाका कारण गुमेको व्यवसायीहरुको भनाइ छ।
विदेशी बजार गुमेकाले सरकारले नेपालमा उत्पादित हस्तकलाका सामग्रीको बजार स्वदेशमै मिलाउनु पर्ने निर्वतमान अध्यक्ष शाक्य बताउँछन्।
उचित विकल्प सिर्जना गर्न नसके अर्बौ रूपैयाँको लगानी भइसकेको र लाखौंले रोजगारी पाएको उद्योग संकटमा पर्ने र धेरैको रोजगारी गुम्ने उद्योगीहरुको भनाइ छ।
" /> काठमाडौं। ११ वर्षदेखि धातुबाट बन्ने हस्तकलाका सामग्री बेच्दै आएका काठमाडौं, बौद्धका रविन्द्र शाक्यको व्यवसाय अहिले ठप्प छ।नेपाल घुम्न आएका विदेशी पर्यटकलाई उनले दैनिक ५० हजारदेखि एक लाखसम्मका मूर्ति बेच्ने गर्थे। तर, विश्वव्यापी महामारी कोभिड-१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि उनको व्यवसाय पनि शून्य कारोबारमा पुगेको छ।

">