काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सम्वद्ध पदाधिकारीहरूसँग कोभिड-१९ उपचार, रोकथाम तथा नियन्त्रणका लागि आउँदा दिनमा गर्नुपर्ने कामको विषयमा परामर्श गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह भएको छलफलमा कोरोना भाइरस संक्रमण विरुद्ध अहिलेसम्म गरिएका काम र आउँदा दिनको रणनीतिमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
बैठकमा सहभागी गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघलगायतका पदाधिकारीहरूले महामारीविरुद्ध स्थानीय तहले गरिरहेका कामको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
बैठकमा क्वारेन्टाइन व्यवस्थापन, राहत, उद्धार, कोभिड-१९ परीक्षणको दायरा बढाउन स्थानीय तहले गर्नुपर्ने कामबारे छलफल भएको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
संक्रमितको संख्या तीब्र भएपछि कोभिड-१९ विरुद्ध स्थानीय तहको भूमिकालाई अझ मजबुत गरी ठोस र दीगो योजनाका साथ कसरी काम गर्न सकिन्छ भन्नेबारे प्रधानमन्त्रीले स्थानीय तह सम्बद्ध संगठनको नेतृत्वसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री ओलीले केही दिनअघि स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग कोरोना महामारीसँग लड्न सरकारले गर्नुपर्ने कामको बारेमा परामर्श गर्नुका साथै सुझाव आदानप्रदान गरेका थिए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सम्वद्ध पदाधिकारीहरूसँग कोभिड-१९ उपचार, रोकथाम तथा नियन्त्रणका लागि आउँदा दिनमा गर्नुपर्ने कामको विषयमा परामर्श गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह भएको छलफलमा कोरोना भाइरस संक्रमण विरुद्ध अहिलेसम्म गरिएका काम र आउँदा दिनको रणनीतिमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

">