काठमाडौं। राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने, नेपालका नागरिक सबैलाई सैन्य तालिम दिनुपर्ने लगायतको मागसहित संघीय संसद सचिवालयमा थप एक संविधान संशोधन विधेयक दर्ता भएको छ।
नेमकिपाका सांसद प्रेम सुवालले आज दिउँसो २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले बताइन्।
सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसंगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या ४ पुगेको छ ।
यसअघि सरकारले पूर्ण नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप अद्यावधिकका लागि संविधानको दोश्रो संशोधन विधेयक दर्ता गराएको थियो। सो विधेयक संसदीय प्रक्रियामा प्रवेश भईसकेको छ।
त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा , नेपाली कांग्रेसका सांसदहरू अमरेश कुमार सिंह, उमाकान्त चौधरी लगायत ८ जना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन्।
" /> काठमाडौं। राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने, नेपालका नागरिक सबैलाई सैन्य तालिम दिनुपर्ने लगायतको मागसहित संघीय संसद सचिवालयमा थप एक संविधान संशोधन विधेयक दर्ता भएको छ।नेमकिपाका सांसद प्रेम सुवालले आज दिउँसो २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले बताइन्।

">