२५ सय कामदारलाई हटाउँदै बम्बार्डियर

क्यानडा । क्यानडेली जहाज तथा रेल निर्माता कम्पनी बम्बार्डियरले आफ्ना दुई हजार पाँच सय कर्मचारीलाई हटाउने भएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्‍न जटिल अवस्था उल्लेख गर्दै आफ्नो ‘वर्क फोर्स’ घटाउने निर्णय बम्बार्डियरले गरेको हो ।

बम्बार्डियरको उक्त निर्णयका कारण क्यानडामा बढी रोजगारी खोसिने भएको छ ।

बेलायतको उत्तरी आयरल्यान्डको आफ्नो अपरेसन बन्द गर्नेबारे समीक्षा भइरहेको कम्पनीले बताएको छ । र, त्यसबारे कुनै घोषणा गरिसकेको छैन ।

उत्तरी आयरल्यान्डमा मात्र बम्बार्डियरका करिब तीन हजार ६ सय कामदार छन् ।

प्रतिक्रिया दिनुहोस्