आइतबारदेखि मौसममा सुधारः मौसमविद्

काठमाडौं । अरब सागरबाट आएको ‘निसर्ग’ नामक चक्रवातका कारण बिग्रेको मौसममा आइतबारदेखि सुधार आउने मौसमविद्हरूले बताएका छन् ।

वरिष्‍ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो ।

नेपालमा १० जुनदेखि मनसुन शुरु हुने गर्छ । यस वर्ष औसत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ । नेपालमा मनसुन भित्रिन दक्षिणपूर्वी हावा बंगालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब ६ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ ।

अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् अर्यालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्