महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा संचालन भइरहेको एउटा ठूलो जुवाघरमा प्रहरीले छापा मारेर २५ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्द्र श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, भक्त तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, पवन अग्रवाल, सोदेल कार्की, पवित्रकुमार कार्की, मुक्ति लामा जुवाखालबाट पक्राउ परेका छन् । त्यस्तै शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, श्यामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि पक्राउ परेका छन् ।

महाराजगञ्जस्थित विक्रम गौतमको घरबाट पक्राउ परेका उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । महाराजगञ्ज वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालको नेतृत्वको टोलीले जुवा अड्डामा छापा मारेको हो ।

प्रतिक्रिया दिनुहोस्