काठमाडौं। बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ।
बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो। डिफिडले कोरोना संक्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड पाउण्ड पुर्याएको छ।
लण्डनस्थित नेपाली राजदूतावासका अनुसार नेपाल-बेलायतको कूटनीतिक सम्बन्धको २०५ वर्ष पुगेको छ।
अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोर्खा वेलफेयर ट्रष्टलगायत संस्थाले यहाँ रहेका गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरणले बताए।
अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ।
डिफिडले हालसम्म कोरोना रोकथामका लागि विश्वभर सहयोग गर्न अहिलेको सहयोगसहित ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ। रासस
" /> काठमाडौं। बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ।बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो। डिफिडले कोरोना संक्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड पाउण्ड पुर्याएको छ।

">