काठमडौं। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गरे।
"सरकारले अहिले कोरोनाको उपचारमा १० अर्बभन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ। हाम्रो सार्वजनिक खरीद ऐनले पाँच लाखभन्दा बढीको कुनैपनि आर्थिक कारोबार गर्दा त्यसलाई बोलपत्र आव्हान मार्फत गर्नुपर्छ भन्छ", उनले भने, "यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो। यो नेपाली जनताले जान्न पाउने कि नपाउने, यो सबैले जान्न पाउने कि नपाउने, खर्च भयो भनेर पुग्ने कि नपुग्ने। त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ। यो खर्चको विवरण फेहरिस्त रूपमा आउन पर्यो भनेर माग गर्न चाहन्छु।"
१० अर्ब खर्च हुँदा समेत स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था भएको उनको आलोचना थियो। त्यस्तै आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पर्याप्त पीसीआर परीक्षण हुन नसकेको उनले टिप्पणी गरे।
सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजिटिभ रिजल्ट देखिने गरेको रायमाझीले बताए।
"जव मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजिटिभ रिजल्ट देखाइन्छ। हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो ? हामीले कहाँबाट ल्याएको प्रविधि हो ? किन यस्तो हुन्छ। एउटा मान्छे विरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टीलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेका छौं।"
" /> काठमडौं। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गरेका छन्।राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गरे।

">