काठमाडौं। नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले विद्युतीय सवारीसाधन आयातमा ११३ प्रतिशत कर लगाउने सरकारी निर्णयलाई प्रतिगमनकारी निर्णयको संज्ञा दिएका छन्।
जिम्मेवार निकायले सूचना बेचेर रातारात १२० वटा विद्युतीय सवारीसाधन पैठारी भएको उनले आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरू नै बजेटको गोप्य सूचना बेच्ने काम भएको दावी गरे। उनले भने, “आफ्नो स्वार्थका लागि देशको अर्थनीति तय गर्ने जिम्मेवार निकायबाटै अति गोप्य बजेट आउने केही दिनअघि सूचना बेचेर रातारात १२० विद्युतीय सवारी पैठारी गरियो।”
विद्युतीय सवारी साधनमा कर बढाउनु वातावरण विनास र इन्धन लगायतको आयात बढाउने प्रतिगमनकारी निर्णय हुनुको साथै सरकारको जनताप्रतिको राजनीतिक वेइमानी भएको सांसद कँडेलको टिप्पणी थियो।
नेकपाको चुनावी घोषणा पत्रमा आगामी ३ वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीसाधन मात्रै प्रयोग गरिने कार्ययोजना लागू गर्ने भनी भोट माग्ने काम गरेको तथा दुई बर्षअघि साझा यातायातले काठमाण्डौंमा शुरू गरेको विद्युतीय सवारीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन् २०२० भित्र नेपालका कूल सवारीमध्ये २० प्रतिशत विद्युतीय हुने घोषणा गरेको स्मरण गराए।
कँडेलले मुलुकका पूँजीपतिहरूले महँगा गाडी प्रयोग गरेका कारण देशको पैसा बाहिरिनबाट रोक्न विद्युतीय गाडीमा कर बढाउन परेको सरकारी तर्क झुटो भएको दाबी गरे।
" /> काठमाडौं। नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले विद्युतीय सवारीसाधन आयातमा ११३ प्रतिशत कर लगाउने सरकारी निर्णयलाई प्रतिगमनकारी निर्णयको संज्ञा दिएका छन्।जिम्मेवार निकायले सूचना बेचेर रातारात १२० वटा विद्युतीय सवारीसाधन पैठारी भएको उनले आरोप लगाएका छन्।

">