काठमाडौं। लकडाउनमा सरकारले खोल्न अनुमति दिएका अत्यावश्यक वस्तु उत्पादन गर्ने ५४ प्रतिशत उद्योग अझै खुल्न सकेका छैनन्। खुलेका उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूमध्ये आधाभन्दा बढी उद्योग बन्द छ।
सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन, निर्माण सामग्री उत्पादन र निर्यात गर्ने उद्योग क्षेत्रका ४२ प्रकारका उद्योगहरू सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। सञ्चालनका अनुमति दिएका सबै उद्योग खुल्न सकेका छैनन्। तीमध्ये ४६ प्रतिशत उद्योग मात्रै खुलेको उद्योग मन्त्रालयको तथ्यांक छ।
लकडाउनको बीचमा खुलेका उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन्। सञ्चालनमा रहेका ४६ प्रतिशत उद्योगहरूले उत्पादन क्षमता पनि ४६ प्रतिशतकै हाराहारीमा रहेको तथ्यांक मन्त्रालयले संकलन गरेको छ।
औद्योगिक क्षेत्रभित्र रहेका चामल, दाल, तेल, औषधि, डेरी, खानेपानी, ग्यास, चिया, चिनी र दाना जस्ता दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने सबै उद्योग खुलेका छैनन्।
खुलेका उद्योगहरूमा सबै कर्मचारी नहुँदा पूर्ण क्षमतामा उत्पादन नभएको मन्त्रालयले बताएको छ।
मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीले लकडाउनमा खोल्ने अनुमति पाएका ५४ प्रतिशत उद्योग अझै नखुलेको बताइन्।
मन्त्रालयले ३० वैशाखदेखि २० जेठसम्म ती औद्योगिक क्षेत्रबाट तथ्यांक संकलन गरेको थियो।
१० औद्योगिक क्षेत्रमा अत्यावश्यक वस्तुको उत्पादन गर्ने ५९७ वटा उद्योग छन्। तर, तीमध्ये जम्मा ३३८ वटा उद्योगहरू मात्र सञ्चालनमा छन्।
खुलेका उद्योगहरूमा ११ हजार ७३७ जना कामदार आबद्ध छन्। तर, हाल ६ हजार ८३६ कामदारले मात्र नियमितरूपमा काम गरिरहेको मन्त्रालयको अध्ययनमा देखिएको केसीले बताइन्।
औद्योगिक क्षेत्रमा भएका अक्सिजन उत्पादन गर्ने उद्योगहरू भने पूर्ण क्षमतामा सञ्चालन भएका छन्।
त्यसबाहेक, चाउचाउ र बिस्कुट उद्योग ५० देखि ६० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्। दाल, पिठो उद्योगले ५५ प्रतिशत क्षमतामा उत्पादन गरिरहेका छन् भने डेरी उद्योगले ६० प्रतिशत क्षमतामा उत्पादन गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।
डेरीका स्थानीय उद्योग सञ्चालनमा रहेको भए पनि ठूला उद्योगहरू भने बन्द रहेको मन्त्रालयले बताएको छ।
त्यसैगरी, औद्योगिक क्षेत्रका चिया उद्योग ३० देखि ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्।
खासगरी युरोप र अमेरिकाबाट माग घटेको र टेस्टिङका लागि स्याम्पलसमेत पठाउन नसकिएकाले चिया उद्योगको उत्पादन क्षमता घटाउनु परेको उद्योग सञ्चालकहरूले बताएका छन्।
३० वैशाखसम्म सञ्चालनमा रहेका उद्योगहरूले ५१ प्रतिशत क्षमतामा उत्पादन गरिरहेको तर, २० जेठसम्म आइपुग्दा ती उद्योगको उत्पादन क्षमता घटेर ४६ प्रतिशतमा झरेको मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयले बालाजु, पाटन, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, भक्तपुर, धरान, गजेन्द्रनारायण र वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेका उद्योगको अध्ययन गरेको हो।
तीमध्ये गजेन्द्रनाराण औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग बढी क्षमतामा सञ्चालनमा छन्। त्यस औद्योगिक क्षेत्रमा उद्योगले ७५ प्रतिशत क्षमतामा उत्पादन गरिरहेका छन्।
यस्तै भक्तपुर औद्योगिक क्षत्रका उद्योगहरू सबैभन्दा कम ३५ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्।
" /> काठमाडौं। लकडाउनमा सरकारले खोल्न अनुमति दिएका अत्यावश्यक वस्तु उत्पादन गर्ने ५४ प्रतिशत उद्योग अझै खुल्न सकेका छैनन्। खुलेका उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन्।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूमध्ये आधाभन्दा बढी उद्योग बन्द छ।

">