काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसदहरूलाई रुलिङ गरेका छन्।
सांसदहरूले बोल्ने क्रममा एक अर्कालाई आरोप-प्रत्यारोप गर्ने सिलसिला संसद् बैठकमा बढ्दै जान थालेपछि प्रतिनिधि सभाको आजको बैठकमा सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना गर्न सांसदहरूलाई रुलिङ गरेका हुन्।
“माननीय सदस्यहरूले बोल्ने क्रममा आरोप प्रत्यारोप जस्तो भइरहेको छ। त्यसकारण म नियमावलिको २१ को ‘ङ’तिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु। हामीले सबैको बुद्धि, विवेक लगाएर असाध्यै जोखिमपूर्ण समयमा पनि सदन चलाइरहेका छौं”, सभामुख सापकोटाले भने, “राष्ट्रिय महत्वका विषयमा हामी निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ। एउटा शक्तिशाली सन्देश दिन सफलतामा गइरहेको बेलामा व्यक्तिगत टिकाटिप्पणी, आरोप प्रत्यारोपतिर नजाऔँ। विषय उठिसकेको छ। मैले रुलिङ पनि गरिसकेको छु। सबै विवरणहरू हामी पल्टाएर हेर्नेछौं।”
नियमावलिको नियम २१ को ‘ङ’ मा ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न नहुने’ उल्लेख छ।
नियम २१ का अन्य बुँदामा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरू छन्। साथै सांसहरूले गर्न हुने र नहुने विषयको सूची पनि छ।
राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले हिन्दी भाषा बोल्नेप्रति संसद्मा अपमान गरिएको भन्दै जेठ १९ गतेको प्रसंग उठाएपछि सभामुखले ती विषयमा प्रवेश नगर्न सचेत गराएका थिए।
“माननीय सदस्य त्यो विषयमा मैले रुलिङ गरिसकेको छु। म सबै विवरण लिएर छानबिन गर्छु। म कार्यव्यवस्था परामर्श समितिमा राख्छु”, सभामुख सापकोटाले भने, “त्यो विषयमा तपाईं प्रवेश नगर्नुहोला। मैले लाइन काट्नुपर्ने हुन सक्छ।”
" /> काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसदहरूलाई रुलिङ गरेका छन्।सांसदहरूले बोल्ने क्रममा एक अर्कालाई आरोप-प्रत्यारोप गर्ने सिलसिला संसद् बैठकमा बढ्दै जान थालेपछि प्रतिनिधि सभाको आजको बैठकमा सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना गर्न सांसदहरूलाई रुलिङ गरेका हुन्।

">