काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको काममा सरकारले प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय सभा सदस्यहरूले टिप्पणी गरेका छन्।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनीहरूले सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको बताएका हुन्।
सांसदहरूले विदेशबाट प्लेनमा आउने नागरिक र भारतबाट आउने नागरिकहरूबीच असमान व्यवहार गरिएको बताएका छन्। यस्तै लकडाउनका कारण पीडित बनेका श्रमिक वर्गको हितमा सरकारले कुनै काम नगरेको समेत उनीहरूले बताएका छन्।
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले लकडाउनको अवस्थामा जोताएर खाने र जोतिएर खाने वर्ग दुवै पीडित बनेको बताए।
दैनिक कमाई खाने वर्गलाई लकडाउनले सबैभन्दा ठूलो असर परेको तर, सरकारको ध्यान त्यतातिर जान नसकेको उनको आरोप छ।
“किसानले उत्पादन बिक्री नहुने, अस्पताल पुगेको छैन, औषधि छैन, मेसिन नभएर जाँचन सकिएको छैन, स्वास्थ्यकर्मीको अभाग छ अनेक व्यवस्थामा अव्यवस्थै अव्यवस्था छ। यो के भएको ?”, विडारीले भने। कोरोना रोकथामका लागि प्रदेश सकरारले कुनै काम नगर्ने तर, गाडी किन्न तम्सिने गरेको बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि शारदादेवी भट्टले सरकारले जहाज चढेर आउने नागरिक र खुल्ला नाकाबाट आउने नागरिकलाई असमान व्यवहार देखाएको आरोप लगाइन्।
जहाज चढेर आउने नागरिकलाई सुरक्षाकर्मीले स्कटीङ गर्ने तर, भारतबाट आउने नागरिकलाई भेडाबाख्रा कोचेजस्तो गरी क्वारेनटाइनमा राखी असमान व्यवहार गरेको उनको टिप्पणी छ।
राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंहले लकडाउन खुकुलो गर्ने विषयमा सरकारले सीमा क्षेत्रमा रहेका जिल्लाहरूको स्थिति अध्ययन गरी खुकुलो बनाउनुपर्ने बताए।
सीमामा आउने नेपालीहरू सबैको पीसीआर परीक्षण गर्न सम्भव नभएकाले अहिले नै सबै जिल्लामा लकडाउन खुल्ला गर्न नहुने उनको सुझाव छ।
राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले सरकार पीसीहार टेस्ट बढाउन र क्वारेन्टाइनको गुणस्तर बढाउन ध्यान नदिएर कार्पेट फेर्नतिर करोडौं रूपैयाँ खर्च गर्न लागिरहेको बताए।
“पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टाइनको अवस्था भद्रगोल छ त्यतातिर ध्यान दिएर सरकार कार्पेट फेर्नतिर करोडौं रुपैयाँ खर्च गरिरहेको छ”, उनले भने, “मन्त्रीहरूको केलेस्ट्रोल नबढोस्, सुगरलेवल नबढोस्, ब्लडप्रेसर नियन्त्रणमा रहोस् भनेर जिमखाना खोल्नतिर लागिपरेको छ यसलाई के भन्ने ?”
उनले सरकारले गोठजस्तो क्वारेन्टाइन बनाई १० अर्ब रूपैयाँ खर्ब देखाएको बताए।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको काममा सरकारले प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय सभा सदस्यहरूले टिप्पणी गरेका छन्।राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनीहरूले सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको बताएका हुन्।

">