काठमाडौं। उद्योगी–व्यवसायीहरूले लकडाउनको स्वरूप परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाइ सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन्।
लामो समय लकडाउन हुँदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरू एकमत देखिएका छन्।
उनीहरूले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमशः सञ्चालन गर्नुपर्ने गरी चरणवद्ध र योजनावद्ध रूपमा सबै क्षेत्रलाई खोल्नु पर्ने बताएका छन्।
उद्योगी व्यवसायीहरूले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावश्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन्।
उत्पादनमुलक उद्योगलाई खोल्ने तर, यातायात र पसलहरूलाई नखोल्ने हो भने कुनै अर्थ नहुने भएकाले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरू अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने उद्योगी व्यवसायीहरूले बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सञ्चालन गर्नुपर्ने बताए।
उनले ७५/७६ दिन लकडाउनमा सबैजना बसिसकेको कारण अब कसरी अगाडि जानुपर्छ भन्ने विषयमा सबैजना जानकार रहेको बताए।
उनले अबपनि अर्थतन्त्रलाई चलायमान गर्न नसके कोरोनाबाट नभई भोकमरीले ज्यान जानेको संख्या बढ्ने र अर्थतन्त्र ध्वस्त भएर जाने बताए।
उनले अत्यावश्यक सामान र पसल सबै खोल्नुपर्ने बताए। पसलहरू बिहान ११ बजेदेखि साँझ साढे पाँच बजेसम्म खोल्ने व्यवस्था गरेमा सडकमा सवारी साधनको चाप कम हुने उनको सुझाव छ।
मानिसहरूको आवागमनका लागि सवारी साधन जोर बिजोर प्रणालीबाट खोल्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा पहिला साना तथा मझौला व्यवसाय सञ्चालनमा आउनुपर्ने बताए।
उनले साना तथा मझौला किसिमका उद्योग व्यवसायमा सबैभन्दा बढी रोजगारी रहेकोले त्यस क्षेत्रलाई महत्व दिइ सञ्चालन गर्नुपर्ने बताए।
यातायातको क्षेत्रलाई पनि पहिलो चरणमा नै सञ्चालन गर्नुपर्ने उनको मत छ।
त्यस्तै, सेवा क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई पूर्ण रूपमा चलाउने र होटल व्यवसायलाई पनि प्यारामिटर बनाएर सञ्चालन गर्नुपर्ने बताए। त्यसपछि मात्रै समग्र अर्थतन्त्रलाई सामान्यिकरण गर्दै जानुपर्ने उनको भनाइ छ।
होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले होटल क्षेत्रमा ब्याङ्केट बाहेकका सेवा सञ्चालन गर्न सकिने बताइन्।
उनले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर होटल तथा रेस्टुरेन्टहरूलाई सञ्चालन गर्न सकिने धारणा राखिन्।
होटल तथा रेस्टरेन्टहरूलाई कसरी सेवा दिनुपर्छ भन्ने विषयमा होटल संघले गृहकार्य गरी मापदण्ड तयार पारिसकेको अध्यक्ष राणाले बताइन्।
नाडा अटो मोबाइल्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाका आधारभूत विधि अपनाइ खोल्नुपर्ने बताए।
उनले सरकारलाई आफूहरूले कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा १६ वटा बुँदामा लिखित सुझाव दिइसकेको बताए।
उनले कार्यालय जाँदा खाजा तथा खाना बोकेर जाने, अनलाइनबाट मात्रै कारोबार गर्ने, कुनै पनि वस्तु पन्जा तथा मास्क लगाएर छुने, स्यानिटाइजरको प्रयोग अधिकतम गर्ने, अफिसमा एसी नचलाउने तथा गोदाममा तीन दिनसम्म सामग्री राखेर मात्रै बिक्री गर्ने व्यवस्था मिलाउने गरी सञ्चालन गर्न सकिने बताए।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा काम गर्ने मजदुरलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री उपलब्ध गराएर यातायात क्षेत्रलाई पहिलो चरणमा खोल्नुपर्ने बताए।
अर्थतन्त्रको रक्तसञ्चार नै यातायात क्षेत्र भएकोले अग्रपंक्तिमा राखेर यसलाई सञ्चालन गर्नुपर्ने उनले बताए। तर, सरकारले यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई स्वास्थ्य सामग्री उपलब्ध नगराए यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफूहरूले सञ्चालन गर्न नसक्ने महासचिव सिटौलाले बताए।
उनले यातायात क्षेत्रका श्रमिकहरू सुरक्षित नभए संक्रमण तीब्र गतिमा फैलनसक्ने भएकाले सरकारले ध्यान दिनुपर्ने बताए।
यातायात व्यवसायीहरूले अन्य कुनै माग नराखेको तर, श्रमिकको सुरक्षामा ध्यान नदिई यातायात सञ्चालन गर्न नसकिने उनको भनाइ छ।
" /> काठमाडौं। उद्योगी–व्यवसायीहरूले लकडाउनको स्वरूप परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाइ सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन्।लामो समय लकडाउन हुँदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरू एकमत देखिएका छन्।

">