भिडिओ टेप अध्ययन गरेर यो निष्कर्ष निकालिएको हो। निष्कर्षमा पुग्न वैज्ञानिकहरुले सरल बीजगणितीय मोडल निर्माण गरेका थिए। उनीहरुले अध्ययनबाट मानिसहरुले दुषित पर्यावरणको सम्पर्कमा आएको हातलाई केही नसोची अनुहारसम्म पुर्याउने गरेको पाएका थिए।
त्यस्तै खालको अध्ययन सन् २०१५ मा अष्ट्रेलियाको न्यू साउथ वेल्सको एक विश्वविद्यालयका २६ विद्यार्थीमाथि गरिएको थियो। यो अध्ययनमा सहभागी विद्यार्थीले घण्टामा २३ पटक नाक, मुख, आँखा छोएको पाइएको थियो।
रमाइलो त के भने चिकित्सकहरुले समेट पटक-पटक आफ्नो अनुहार छुने गरेको पाइयो। ‘द जर्नल अफ द अमेरिकन बोर्ड अफ फ्यामिली मेडिसिन’मा न्यान्सी सी एल्डर, वील सयर, ह्यारीनी पल्लेर्ला, सारा खजा, मोनिका ब्लाकरले लेखे अनुसार सन् २०१४मा उनीहरुले गरेको सामुहिक अध्ययनले यो निष्कर्ष निकालेको हो। उनीहरुले डाक्टरहरूले पनि दुईघण्टामा औसत १९ पटक आफ्नो अनुहार छोएका पाएका थिए।
सही समाधान, हात धुनु
हामीले कहिले के छुन्छौं भन्ने ध्यान नरहन सक्छ। त्यसैले संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय हो हात धुने।
तपाईंले कहिले के छुनुहुन्छ, त्यसमा तपाईंको ध्यान नरहन सक्छ। यसका लागि तपाईंले आफ्नो हात धुनुहोस्। सीडीसीले हात धुने सरल पाँच तरिका बताएको छ।
१. हात पानीले भिजाउने
२. फिँज आउनेगरी साबुन हातमा लगाउने
३. एक हातको सहायताले अर्को हात माड्ने (कम्तीमा २० सेकेण्ड)
४. पानीले पखाल्ने
५. हात सुकाउने
यद्यपि हामीले जतिपटक अनुहार छुन्छौँ, त्यतिपटक हात धुन सम्भव हुन्न। तर हामीले केही छोएपछि हात धुन सक्छौँ।
हटाउन सकिन्छ अनुहार छुने बानी
नर्थ वेस्टर्न मेडिसिन हन्टले अस्पतालका मनोवैज्ञानिक जाचरी सिकोराका अनुसार अनुहार छुने बानी हटाउन सकिन्छ। त्यसका केही उपाय यस्ता छन्ः
१. घर र अफिसमा काम गर्दै गर्दा स्मरण गराउने नोटहरू लेखेर प्राय देखिने ठाउँको भित्तामा टाँस्न सकिन्छ।
२. हात अन्य काममा व्यस्त राख्न सकिन्छ। जस्तै, टीभी हेर्दा कपडा पट्याउने वा केही समाएर बस्ने।
३. बास्नादार ह्याण्ड स्यानिटाइजर वा पफ्र्युम हातमा लगाउन सकिन्छ जसले गर्दा अनुहार नजिकै हात जानासाथ थाहा हुन्छ।
४. बैठक कोठामा भइरहेको बेलामा हात झोला वा खल्तीमा राख्न सकिन्छ।
" /> भिडिओ टेप अध्ययन गरेर यो निष्कर्ष निकालिएको हो। निष्कर्षमा पुग्न वैज्ञानिकहरुले सरल बीजगणितीय मोडल निर्माण गरेका थिए। उनीहरुले अध्ययनबाट मानिसहरुले दुषित पर्यावरणको सम्पर्कमा आएको हातलाई केही नसोची अनुहारसम्म पुर्याउने गरेको पाएका थिए।त्यस्तै खालको अध्ययन सन् २०१५ मा अष्ट्रेलियाको न्यू साउथ वेल्सको एक विश्वविद्यालयका २६ विद्यार्थीमाथि गरिएको थियो। यो अध्ययनमा सहभागी विद्यार्थीले घण्टामा २३ पटक नाक, मुख, आँखा छोएको पाइएको थियो।

">