काठमाडौं। युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले सदनमा विना प्रसंग जोडेर विवादमा तान्न खोजेको भन्दै आफूविरुद्धको अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरूले राखेको प्रश्नको उत्तर दिने क्रममा उनले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छविलाई बिना आधार कसैलाई धमिल्याउन छुट नभएको बताए।
उनले भने, “सार्वभौम संसदको यो रोष्टममा उभिरहँदा आज म अत्यन्तै गम्भीर र दु:खी छु। एकजना माननीय सदस्यले पर्सा विरगञ्जको नारायणी रंगशालाका बारेमा बोल्दै गर्दा ‘माननीय मन्त्रीज्यूलाई एन्फाले पनि बढी माया गरेको छ।' भन्नुभयो। माननीयज्यूले के भन्न खोज्नुभएको हो ? आशय के थियो ? माननीय ज्यूले नै स्पष्ट गर्नुपपर्यो। म सम्माननीय सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु। ”
कोही कसैबाट एक रूपैयाँ नलिएको भन्दै आफूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन मन्त्री सुनारले ती सांसदलाई चुनौती दिएका छन्।
उनले एन्फा एकेडेमी स्थापनाका लागि भएको कामबारे आफूलाई औपचारिक जानकारी सम्म नभएको प्रष्ट्याए।
उनले भने “कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको भेडाबारी भन्ने स्थानमा एन्फाले एकेडेमी स्थापना गर्न खोज्दैछ। फिफाका प्रतिनिधिहरु आएर धेरै ठाउँहरु मध्ये त्यो ठाउँलाई छनौट गरेको हुँदा १७ करोड बराबरको लागतको योजना एन्फाको बैठकले स्वीकृत गरिसकेको छ भन्ने सुनेको छु । यसको पनि कुनै आधिकारीक जानकारी मन्त्रालयलाई प्राप्त भएको छैन। यो प्रसंग हो भने मेरो कुनै गल्ती र कमजोरी त भएन नी ?”
" /> काठमाडौं। युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले सदनमा विना प्रसंग जोडेर विवादमा तान्न खोजेको भन्दै आफूविरुद्धको अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरूले राखेको प्रश्नको उत्तर दिने क्रममा उनले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छविलाई बिना आधार कसैलाई धमिल्याउन छुट नभएको बताए।

">