काठमाडौं। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईको विषयमा दिएको विवादित अभिव्यक्तिबारे आफूलाई केही थाहा नभएको बताएका छन्।
प्रतिनिधि सभामा आज प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिबारे आफूलाई केही जानकारी नरहको बताएका हुन्।
‘‘एन्फा अध्यक्ष कर्माछिरिङले के भन्नु भयो प्रसंग छ। त्यो कुरा मेरो जानकारीमा छैन। उहाँले कहाँ, के अन्तर्वार्ता दिनुभयो, के भन्नुभयो मलाई थाहा छैन,’’ मन्त्री विश्वकर्माले भने, “कता कताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्न खोज्नु उचित हुन सक्दैन। खेलकुदको क्षेत्रमा राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने तथा नराम्रो काम गर्ने, नियमविपरित कार्य गर्ने, अनियमितता र भ्रष्टाचार गर्नेलाई कुनै छुट नदिने, प्रमाणका आधारमा नियम बमोजिम दण्डित गरिने छ। व्यक्तिको अनुसार हेरेर युवा तथा मन्त्रालयमा कुनै काम भएको छैन र हुने पनि छैन।’’
यसअघि सांसद प्रदीप यादवले संसद्मै मन्त्रीलाई १७ करोड दिइएको र मन्त्रीकै आडमा एन्फा अध्यक्ष शेर्पाले तराईका विषयमा विवादित अभिव्यक्ति दिएको आरोप लगाएका थिए।
एन्फा अध्यक्ष शेर्पाले मधेशलाई हेप्ने, होच्याउने र अपमान गर्ने काम गरेको तथा तराई, मधेश र पहाडलाई टुक्राउने कुरा गरेको भन्दै निलम्बन गरेर कारवाही गर्न माग गरेका थिए।
त्यसअघि अर्का सांसद विमलप्रसाद श्रीवास्तवले पनि समाजमा विभेदको विजारोपण गरेको भन्दै शेर्पालाई छानबिन गरी कारबाही गर्न माग गरेका थिए।
एन्फाको अभिव्यक्तिबारे जानकारी नरहेको बताएका मन्त्री विश्वकर्माले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। उनले बिनाआधार र प्रमाणको लाञ्छनापूर्ण अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन अनुरोध गरेका छन्।
“सार्वभौम अधिकार सम्मन्न संसद्को यो रोष्ट्रममा उभिरहँदा आज म एकदमै गम्भीर र दुःखी छु। एकजना माननीय सांसदले मन्त्रीलाई एन्फाले पनि बडो माया गरेको छ। सुन्नमा आएको छ कि १७ करोड एन्फाले दिएको छ भनेर भन्नु भयो। यी शब्द मेरा होइनन्। सम्बन्धित माननीय ज्यूकै शब्द हुन्। यसो भनेर मननीय ज्यूले के भन्न खोज्नुभएको हो ? माननीयज्यूको आसय के थियो ? सम्बन्धित माननीय ज्यूले नै स्पष्ट गर्नुपर्ने देखिन्छ,’’ आफूमाथि लागेको आरोपबारे मन्त्री विश्वकर्माले भने।
आफूले कसैसँग एक पैसा नलिएको भन्दै मन्त्री विश्वकर्माले थपे, “माननीय ज्यूले जुन शब्दमा बोल्नु भएको छ, जे भन्नु भएको छ। भनेको त्यही हो भने यो विषय गम्भीर छ। यसले मलाई धरै दुःखी बनाएको छ। त्यसलाई पुष्टि गर्न, प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु।’’
एन्फाले पोखरामा साढे १७ करोड लागतको एकेडेमी बनाउने निर्णय गरेको छ। एन्फा नेतृत्वसँग असन्तुष्ट पक्षले मन्त्रीलाई खुशी पार्न उक्त योजना पोखरामा पारिएको आरोप लगाउँदै आएका छन्। यही प्रसंगलाई जोडेर सांसद यादवले मन्त्रीको आडमा एन्फा अध्यक्ष शेर्पाले तराईको विषयमा विवादित अभिव्यक्ति दिएको आरोप लगाएका थिए।
मन्त्री विश्वकर्माले व्यक्तिको निजी जीवन पनि हुने र सार्वजनिक जिम्मेवारीमा रहेकै आधरमा व्यक्तिको इज्जत, प्रतिष्ठा र छबीलाई बिनाअधार र प्रमाण धमिल्याउन नपाइने बताए।
सांसद यादवले नै पहुँच भएका आधरमा मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा योजना धेरै पारेको आरोप लगाएका थिए। मन्त्री विश्वकर्माले उक्त आरोपको पनि खण्डन गरेका छन्। उनले राम्रो जानकारी नभएका कारण यस्तो अभिव्यक्ति आएको बताएका छन्।
“नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुने भएकाले बजेट शीर्षकमा रकम थोरै भए पनि गण्डकी प्रदेशका ११ जिल्ला र पोखरा रंगशालाका लागि बजेटमा शीर्षक छुट्याइका छन्। यो जानकारी नहुँदा कतिपय माननीय ज्यूले मन्त्रीले आफ्नो क्षेत्रमा मात्र योजना केन्द्रित गरेको भनेर भन्नु भयो। यही सन्दर्भमा आ.व. २०७५/७६ मा पनि मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र बजेट पारिएको भन्ने आरोप थियो,’’ मन्त्रीले स्पष्ट पार्नेक्रममा भने।
मन्त्री विश्वकर्माले थपे, “१३औं साग काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने भएकाले पोखरा रंगशाला र वरपरका क्षेत्रमा खेलकुदको पूर्वाधार निर्माणाधिन अवस्थामा थिए। कति नयाँ थप्नु पर्ने थियो। सागको तयारीका लागि पोखरामा पूर्वाधार निर्माण हुदाँ मन्त्रीको क्षेत्रमा बजेट केन्द्रित गरियो भनेर आलोचना भइरहँदा म निर्वाचित कास्की क्षेत्र नम्बर ३ मा जम्मा दश लाखको एउटा योजना थियो। यसपालि पनि प्रस्तावित कार्यक्रममा म निर्वाचित क्षेत्रमा युवा तथा खेलकुद मन्त्रालय तथा राखेपबाट एउटा पनि योजना तय भएको छैन।’’
" /> काठमाडौं। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईको विषयमा दिएको विवादित अभिव्यक्तिबारे आफूलाई केही थाहा नभएको बताएका छन्।प्रतिनिधि सभामा आज प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिबारे आफूलाई केही जानकारी नरहको बताएका हुन्।

">