काठमाडौं। पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन्।
नेकपाका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा ९ सदस्यीय समिति बनाइएको छ। छानबिन समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन्।
समितिलाई घटना छानबिन गर्न एक महीनाको समय दिइएको छ। यसअघि गृह मन्त्रालयले पनि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।
गएको १० जेठ साँझ चौरजहारी-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, सञ्जु विक, गणेशबहादुर बुढा मगर, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको मृत्यु भएको थियो।
उनीहरू १७ देखि २३ वर्ष उमेर समूहका हुन्। उनीहरूको शव फरक-फरक मितिमा भेरी नदीमा भेटिएको थियो।
नवराजकी मल्ल थरकी प्रेमिकालाई दुलहीका रूपमा ‘भगाउन’ गएका बेला केटीका अभिभावकसहित गाउँलेको लेखटाइबाट भेरी नदीमा परेर उनीहरूको मृत्यु भएको थियो।
पीडित पक्षले हत्या गरेर नदीमा फालेको आरोप लगाएका छन्। घटनामा नवराजको समूहका दुईजना घाइते भएका थिए। बाँकी १० जनालाई सामान्य चोटपटक लागेको थियो। कुटपिट हुँदै गर्दा पुगेको प्रहरीले ती १२ जनाको उद्धार गरेको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रुकुमको चौरजहारी नगरपालिका-८ सोतीबाट २५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको छ। अनुसन्धानको प्राविधिक पाटोमा सघाउनका सीआईबीको टोली पनि रुकुम पुगेको छ।
" /> काठमाडौं। पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन्।नेकपाका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा ९ सदस्यीय समिति बनाइएको छ। छानबिन समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन्।

">