काठमाडौं। नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
सरकारले लकडाउन गर्ने बाहेकका कुनै काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने भएको छ।
पर्याप्त स्वास्थ्य सामग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामग्रीमा व्यापक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनुलगायतले सरकार असफल भएको कांग्रेसको ठहर छ।
आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरूको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसलाई सुरक्षितरूपमा उनीहरूको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामग्रीको वितरण उचित र न्यायपूर्ण नहुनुलाई सरकारको कमजोरीको रूपमा कांग्रेसले चित्रण गरेको छ।
केन्द्रीय सदस्य रमेश लेखकले कोभिड–१९ को नियन्त्रणका निम्ति सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय भएको बताए।
संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभूति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
त्यसैगरी कांग्रेसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मीलगायत कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।आज सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

">