राजीनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन
सान्टियागो । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले मन्त्रिमण्डलका सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएका छन् ।

आन्दोलनकारीहरूको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरूलाई राजिनामा दिन लगाएका हुन् ।

“आन्दोलनकारीहरूको माग अनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको छु,” उनले पत्रकारहरूसँग भने ।

८ कात्तिकमा राजधानी सान्टियागोमा दशौं लाख सर्वसाधारणले राष्ट्रपतिको राजिनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए ।

उनीहरूले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरू सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

अहिले भएको आन्दोलनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौँ घाइते भएका छन् ।

आन्दोलन चर्कदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि सङ्कटकालको घोषणा गरेका थिए । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्