मंगल ग्रहमा अन्तरिक्ष यान पठाउँदै यूएई <p>दुबई। अरब क्षेत्रको पहिलो अन्तरिक्ष मिसन यसै साता प्रक्षेपण हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले मंगल ग्रहमा अन्तरिक्ष यान पठाउने तयारी गरेको हो।</p> <p>उक्त अन्तरिक्ष यान ४९ करोड ३० लाख किलोमिटर यात्रा गर्दै मंगल ग्रहमा पुग्&zwj;नेछ। र, त्यहाँको जमिन, मौसम र वायुमण्डलबारे जानकारी पठाउने छ।</p> <p>बीबीसीका अनुसार मंगल ग्रहको वर्षदिन मानिने ६ सय ८७ दिन यस यानले पर्याप्त तथ्यांक संकलन गर्नेछ।</p> <p>हिजो परियोजनाबारे जानकारी दिँदै कार्यक्रम निर्देशक सराह अल-अमिरीले यो अन्तरिक्ष मिसन अरब मुलुकका युवा वैज्ञानिकहरूलाई अन्तरिक्ष इन्जिनियरिङमा करिअर खोज्&zwj;ने अवसर भएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्