दोस्रोपटक रेकर्ड भयो अन्तरिक्षबाट आएको रेडियो सिग्नल
<p>वासिङ्टन। खगोलविद्हरूले दोस्रोपटक अन्तरिक्षबाट आएको रहस्यमय रेडियो सिग्‍नल रेकर्ड गरेका छन्। </p>
<p>‘फास्ट रेडियो बर्स्ट’ (एफआरबी) नाम दिइएको यो घटना एक सय ५७ दिनअघि पनि भएको थियो। यस्ता रेडियो सिग्‍नल कहाँबाट आउँछन् भन्‍ने यकिन गर्न वैज्ञानिकहरूले सकेका छैनन्।</p>
<p>सिंगल रेडियो तरंग फेरि दोहोरिँदैन। तर, तीव्र गतिको तरंग दोहोरिनुलाई वैज्ञानिकहरूले अनौठो घटना भनेका छन्।</p>
<p>“अहिलेसम्म यस्ता गतिविधि एकपटक मात्र हुन्थे,” ती सिग्‍नलको अध्ययनमा संलग्‍न युनिभर्सिटी अफ म्यानचेस्टरका अध्येता कस्तुभ राजवाडेले सीएनएनसँग भने, “यस्ता एफआरबी जहाँबाट र जसले उत्पादन गरिरहेको छ, त्यो अर्को कुनै खगोलीय संसारमा छ।”</p>
प्रतिक्रिया दिनुहोस्