सरकारको आदेशविपरीत पसल खोल्न खोजेपछि बन्द गराइएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी सुनीलजंग शाहले जानकारी दिए।
“रञ्जना गल्लीमा लकडाउन उल्लंघन गर्दै पसल खोलिएको थियो। हामीलाई पसल खोल्न दिने आदेश छैन भन्दै बन्द गराएका छौं। त्यही क्रममा सामान्य विवाद भएको हो,” डीएसपी शाहले भने।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेका थिए। सोहीअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरिएको थियो।
प्रमुख जिल्ला अधिकारीहरूको उक्त निर्णयपछि व्यापारीहरूले पसल खोल्न थालेका थिए। तर, प्रहरीले लकडाउनमा पसल खोल्न दिने आदेश नभएको भन्दै बन्द गराएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समितिलाई सिफारिस गरिएपछि निर्णय नभएकाले अहिले खोल्न नपाउने बताए। “नेपाल सरकारले निर्णय नगरेसम्म खोल्न पाइँदैन। प्रहरीलाई त्यहीअनुसार बन्द गराउन भनेको छु,” प्रजिअ दाहालले भने।
आधा सटर मात्र खुला
प्रहरीले पसल बन्द गराउँदै हिँडेपछि व्यापारीहरूले भने आधा सटर मात्र खुला गरेका छन्।
लामो समयदेखिको बन्दका कारण निकै मर्का परेको बताउँदै बाध्य भएर पसल खोल्नुपरेको व्यापारीहरूको भनाइ छ।
न्युरोड पीपलबोट नजिकै आधा पसल खोलेका एक व्यापारी सुनील अग्रवालले जिल्ला प्रशासन कार्यालयको सहज रूपमा पसल खोल्न दिने निर्णय गरेकै आधारमा खोलेपछि प्रहरीले बन्द गराएको बताए।
पसलको सरसफाइ तथा सामान मिलाउनका लागि आधा सटर खुला गरेको उनको भनाइ छ। प्रजिअ दाहालले भने यस्तो अवस्थामा सबै समस्यामा परेको भन्दै सरकारले आवश्यक निर्णय लिने बताए।
“खोल्ने निर्णय नगराउँदासम्म पसल खोल्न पाइँदैन। दिनप्रतिदिन कोरोना संक्रमति बढिरहेका छन्। यसरी मनलाग्दी गरेर पसल खोल्दा जोखिम झन् बढ्छ,” प्रजिअ दाहालले भने।
" />सरकारको आदेशविपरीत पसल खोल्न खोजेपछि बन्द गराइएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी सुनीलजंग शाहले जानकारी दिए।

">