सुनसरीबाट साढे ४ लाखको अवैध सामग्री बरामद
काठमाडौं। सुनसरीबाट साढे चार लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरीले आज बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरको टोलीले कोशी गाउँपालिका–८, पूर्वपश्चिम लोकमार्गबाट उक्त लत्ताकपडा र जुत्ताचप्पल बरामद गरेको हो।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा नक्कली बिल बनाई अवैधरूपले ल्याउँदै गरेको अवस्थामा सो अवैध सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद लत्ताकपडा तथा जुत्ताचप्पल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

आज नै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका–१६, कपिलेश्वरबाट डेढ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सो सामग्री बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्