काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनको खबरले आफूलाई दुःखी तुल्याएको बताएका छन्।
प्रधानमन्त्री ओलीले दिवंगत निसाधप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले आज शोक सन्देश जारी गर्दै निसाधलाई सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान ब्यक्तिको रूपमा सम्झिएका छन्।
मिर्गौला सम्बन्धी समस्याबाट पीडित उनको उपचारको क्रममा आज दिउँसो बीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो।
यसअघि प्रधानमन्त्री ओली नेतृत्वकै मन्त्रिपरिषद्मा निसाध मधेस समता पार्टीका तर्फबाट उद्योग राज्यमन्त्रीको जिम्मेवारीमा थिए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनको खबरले आफूलाई दुःखी तुल्याएको बताएका छन्।प्रधानमन्त्री ओलीले दिवंगत निसाधप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन्।

">