वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित

काठमाडाैं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ‍्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ।

नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई पाँच हजार ५५५ रुपैयाँसहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरे।

संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पुर्‍याएका योगदानको कदर गर्दै सांस्कृतिक बाजागाजासहित उनलाई सम्मान गरिएको हो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय काम गरेको बताए।

सात साहित्यिक संस्थालाई १० लाख रूपैयाँका दरले गतिविधि गर्न नगरपालिकाले सहयोग गरेको उनले बताए।

“नगरपालिकामा यसै वर्ष अन्तर्राष्ट्रियस्तरको कवि गोष्ठी गरिँदैछ, त्यसका लागि १० लाख रूपैयाँ विनियोजन गरेका छौं, कार्यक्रम आगामी पुसमा आयोजना हुँदैछ, सबै साहित्यिक संस्थालाई एकै किसिमको सहयोग गरिएको छ”, उनले भने।

सम्मानित व्यक्तित्व जोशीले वंशावलीमा गोकर्णेश्वरमै सातौं शताब्दीको अंशुवर्माकालीन कैलाशकुट भवन रहेको उल्लेख भएकाले उत्खनन् गर्नुपर्ने बताएका छन। भवनको जग गोकर्णेश्वर महादेव मन्दिर आसपासकै क्षेत्रमा हुन सक्ने उनकाे भनाइ थियाे। रासस

प्रतिक्रिया दिनुहोस्