काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आर्थिक क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम ल्याइएको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारको आर्थिक क्षमता र भारबहन गर्नसक्ने क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम ल्याइएको प्रष्ट्याए।
उनले भने, ‘हामीले पर्याप्त दिन सकेका छैनौं होला। हाम्रो आर्थिक क्षमता कति हो ? राज्यको पनि भारबहन गर्नसक्ने क्षमता हुन्छन्। त्यो क्षमताले तन्कन सक्ने सम्म तन्केर राहत र पुनर्उत्थानको कुरा गरेको छ। तर त्यो ठूलो रकम हुन्छ। करीब अढाई/तीन खर्बको रकम विभिन्न सहुलियतपूर्ण ऋण अथवा पुनर्उत्थान कोष अथवा अरु प्रकारका ब्याज अनुदान, बिमामा सरकारको अनुदान लगायतको काममा खर्च हुने स्थिति छ। त्यसले गर्दा अहिलेको स्थितिमा हामीले अधिकतम प्रयास गरेर छुट्याएका छौं । ’
कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च सरकारले सार्वजनिक गर्ने अर्थमन्त्री खतिवडाले बताए। उहाँले महामारीको बेलामा भएको खर्च व्यवस्थित र पारदर्शी मात्रै नभएर सबै जनतालाई सुसूचित गर्ने उनले जानकारी दिए।
अर्थमन्त्री खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने बताएका छन्। विद्युत खपत बढाउन औद्योगीकरण र ग्रामीण विद्युतीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ।
उनले विद्युतीय गाडीमा पेट्रोलियम सवारीमा भन्दा थोरै कर र महशुल लगाउनुपर्छ भन्नेमा विश्वास गर्ने तर कतिसम्म सहुलियत दिने भन्ने विषयमा स्पस्ट हुनुपर्ने बताए।
अर्थमन्त्री खतिवडाले सरकारले सर्वसाधारण जनाको पहुँचमा हुने सार्वजनिक सवारीका साधनलाई महत्व दिदै विद्युतीय सार्वजनिक सवारीको भन्सार दर एक प्रतिशत नै कायम राखिएको कुरा नबिर्सन आग्रह गरे।
उनले यस्तै चक्लेटमा २०७१/७२ साल देखि ३० प्रतिशतमा रहेको भन्सार गत वर्ष ४० प्रतिशत पुर्याइएको र यसपटक समायोजन गरेर ३० प्रतिशतमा झारिएको प्रष्टीकरण दिएका छन्।
अमेरिकी सहयोग एमसीसीको कार्यक्रम संसदमा विचाराधीन रहेको र सम्झौता पत्र पारित भएपछि मात्रै कार्यान्वयनमा जाने अर्थमन्त्री खतिवडाले बताएका छन्।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आर्थिक क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम ल्याइएको बताएका छन्।प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारको आर्थिक क्षमता र भारबहन गर्नसक्ने क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम ल्याइएको प्रष्ट्याए।

">