काठमाडौं। आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीको व्यस्तता र मन्त्रीहरू पनि संसद्मा व्यस्त रहेकाले आजको बैठक स्थगित भएको बताए।
उनका अनुसार आज स्थगित भएको मन्त्रिपरिषद्को बैठक भोलि दिउँसो २ बजे बस्ने भएको छ। भोलि बस्ने बैठकमा लकडाउनको स्वरूप परिवर्तन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।
लकडाउनको स्वरूप फेर्नुपर्ने विषयमा विभिन्न सुझाव आइरहेका छन्। तर, अहिलेसम्म लकडाउनको स्वरूप परिवर्तन हुन सकेको छैन।
सरकारले गएको ११ चैतदेखि लकडाउन लागू गरेको हो। त्यसयता पटक-पटक गरेर लकडाउन निरन्तर हुँदै आइरहेको छ।
सरकारले पछिल्लो समय थप गरेको लकडाउनको समय ३२ जेठमा सकिदैछ।
" /> काठमाडौं। आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ।प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीको व्यस्तता र मन्त्रीहरू पनि संसद्मा व्यस्त रहेकाले आजको बैठक स्थगित भएको बताए।

">