विराटनगर। प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरूको लागि अनलनाइनबाट तथ्यांक संकलन शुरू गरेको छ।
कोभिड–१९ ले उत्पन्न विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरिकहरूको तथ्यांक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको हो।
तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले आज शुभारम्भ गरेका छन्। ५ जेठको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरूको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो।
उक्त तथ्यांक https://helpline.p1.gov.np/ मा गएर भर्न सकिनेछ। यो फारम प्रदेश योजना आयोगमा रहनेछ। यो फारमले आफ्ना नागरिकहरूको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए।
“विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरूको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं’, मुख्यमन्त्री राईले भने।
तथ्यांक संकलन हुने फारममा युवाहरूको रूचीका आधार पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उनको भनाइ छ।
विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरूलाई उद्यममा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राई बताउँछन्।
तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरूलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए।
तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाइ छ। अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ।
" /> विराटनगर। प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरूको लागि अनलनाइनबाट तथ्यांक संकलन शुरू गरेको छ।कोभिड–१९ ले उत्पन्न विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरिकहरूको तथ्यांक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको हो।

">