त्यसपछि कलाकार मनोज गजुरेलले जोशीको भेषमा नेताहरूलाई व्यंग्य गर्दै देउसी भट्टाउँदै आँगनमा आइपुगे । उनले नेताहरूलाई व्यंग्य गर्दागर्दा राजनीतिक दलका नेताहरू मुस्कुराउँदै थिए भने दर्शनदीर्घाबाट भने ताली बर्सिए थिए ।
त्यसपछि संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, व्यंग्यकवि अर्जुन पराजुली, कलाकारहरू देवी घिमिरे, थरेन्द्र बराल, टङ्क आचार्य र माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, चट्याङ मास्टर, हरिकला उप्रेती र गोविन्दबाबु तिवारी लगायतको टोलीले देउसी भैलो शुरु ग¥यो ।
देउसी भैलोले सुनकाण्ड, ह्वाइड बडीलगायत काण्डलाई व्यंग्य गरिरहँदा दर्शकदीर्घामा झन् हाँसो मच्चिएको थियो ।
भैलो खेल्दाखेल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘क्यारिकेचर’ गर्दै मनोज गजुरेल र प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गर्दै सीताराम कट्टेल (धुर्मुस) आँगनमा आइपुगे ।
राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री ओलीबीच केही बेर वार्तालाप गरे । चीनका राष्ट्रपतिले नेपालका प्रधानमन्त्रीलाई खेलौनाको रेल र पानी जहाज दिँदै गर्दा भने दर्शकको हाँसो थामिएन । यसरी देउसीभैलोमार्फत सिस्नुपानी नेपालले समाजका विकृति र विसङ्गतिलाई व्यंग्यात्मक ढङ्गबाट प्रस्तु गर्दै हँसाउन थालेको २१ वर्ष भयो ।
नेपाली हास्यव्यंग्य साहित्यलाई उचाइ दिन २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालले देउसी भैलो खेलेर सरकार र प्रशासनलाई कडा रुपमा खबरदारी गर्दै आएको छ ।
सोही देउसी भैलोलाई उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देउसी भैलोले नेतालाई जनताको पक्षमा काम गर्नका लागि सचेत गराएको बताए ।
उनले नेपाली जनताले निरंकुशता वा राणाशासन कुनै पनि समयमा हार्न नजानेको भन्दै वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गर्दै सबै खालका विकृति–विसङ्गतिको अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, देश तीव्र गतिमा बन्छ, सुन तस्करी र भ्रष्टाचारीहरू समातिएको छ र समातिँदै छन् ।”
त्यसैगरी नेपाली कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलोले समाजका विकृति–विसङ्गति हटाउँदै समाजलाई सकारात्मक बाटोमा परिवर्तन गर्ने प्रयास गरेको टिप्पणी गरे ।
“यहाँ भैलोमा प्रस्तुत गरिएको व्यंग्यात्मक विषयवस्तु सबैले पचाउन सक्नुपर्छ नेता भएपछि फूलको माला मात्र होइन, जुत्ताको माला पनि लाउनुपर्छ,” उनले भने ।
रासस
" />त्यसपछि कलाकार मनोज गजुरेलले जोशीको भेषमा नेताहरूलाई व्यंग्य गर्दै देउसी भट्टाउँदै आँगनमा आइपुगे । उनले नेताहरूलाई व्यंग्य गर्दागर्दा राजनीतिक दलका नेताहरू मुस्कुराउँदै थिए भने दर्शनदीर्घाबाट भने ताली बर्सिए थिए ।

">