काठमाडौं। नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस(कोभिड-१९) रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ।
आज बिहान १० बजे नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा उपचारमा गर्नुपर्ने काम, राहत तथा उद्धारको लागि आगामी कामको बारेमा सरकारको ध्यानाकर्षण गराएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा नेताहरू गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँचजना सहभागी थिए।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने जानकारी गराए।
" /> काठमाडौं। नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस(कोभिड-१९) रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ।आज बिहान १० बजे नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

">