काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा केही सरकारी निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि तिनको कार्यसम्पादन प्रभावकारी भएको दावी गरेका छन्।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले केही निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुको उद्देश्य शक्ति केन्द्रित गर्न नभएको स्पष्टोक्ति दिए।
पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग जस्ता निकायलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको छ।
ती निकायको प्रभावकारी परिचालनका लागि मात्रै आफ्नो कार्यालय मातहत लगिएको प्रधानमन्त्री ओलीले दावी गरे।
केही सांसदहरूले शक्ति केन्द्रित गर्नका लागि यसरी शक्तिशाली निकायहरुलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको भन्दै आलोचना गरेका थिए।
त्यस्तो आलोचनामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले प्रभावकारी कार्यसम्पादनलाई मात्रै ध्यान दिइएको बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा केही सरकारी निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि तिनको कार्यसम्पादन प्रभावकारी भएको दावी गरेका छन्।सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले केही निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुको उद्देश्य शक्ति केन्द्रित गर्न नभएको स्पष्टोक्ति दिए।

">