काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालले सन् १९५० मा गरेको सन्धि अपमानजनक रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको स्पष्टिकरणको जवाफ दिँदै उक्त अपमानजनक सन्धिलाई नेपालले नस्वीकारेको बताए। “नेपालको पहिलेको सरकारले गरेको सन्धि अहिलेसम्म विस्थापित नभएका कारण पालना भइरहेको छ,” प्रधानमन्त्री ओलीले संसद्मा भने, “तर, त्यो अपमानजनक छ, हामीले स्वीकारेका छैनौं।”
नेपाल-भारतबीचका समस्या पहिल्याएर समाधानको सिफारिस गर्न गठन भएको विज्ञहरुको समूहले प्रतिवेदन तयार पारेको तर त्यो भारतले अहिलेसम्म बुझ्न नमानेको प्रधानमन्त्री ओलीले बताए। “त्यो प्रतिवेदन बुझ्न भारतले दुई वर्षदेखि रुचि नदेखाउनु सहज र स्वभाविक कुरा होइन, उहाँहरुले बुझ्नुभएको छैन। यो दुखद कुरा हो।” उनले भने।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले नेपाल-भारत सीमा विवादबारे बोल्दै तिब्बतले जस्तो गल्ती नगर्न नेपाललाई चेतावनी दिएका थिए।
यसबारेमा प्रधानमन्त्री ओलीलाई संसदमो सोधिएको प्रश्नमा उनले भने, “उहाँले त्यसो भनेको हो भने त्यो नेपाललाई धम्क्याउन खोज्नुभएको हो। त्यो उचित होइन। निन्दनीय विषय हो। आपत्तिको विषय हो। यसलाई हामीले नेपालमाथिको अपहेलनाको रुपमा लिन्छौं । नेपाल हेपिन तयार छैन। हेपिन मान्दैन। यो कुरा म योगी जीलाई स्मरण गराउन चाहन्छु।”