सांसद रायमाझीको टिप्पणी -'सचेत गराउँदा सरकारले विरोध सम्झियो'

काठमाडौं। राष्‍ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले आरडीटी परीक्षण आवश्यक नभएकोले पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई सचेत गराउँदा विरोध गरेको सम्झिएको भन्दै टिप्पणी गरेका छन्।

जनताले महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब मागेको उल्लेख गर्दै उनले सरकारको ‘पर्फर्मेन्स’ सन्तोषजनक नभएको टिप्पणी गरे।

प्रधानमन्त्री आफू लकडाउनमा बसेका कारण सम्पूर्ण देशलाई लकडाउनमा राखेको सांसद रायामाझीको आरोप थियो।

उनले भने, ‘सरकारको ‘पर्फर्मेन्स’ छैन। प्रधानमन्त्री बिरामी हुनुभयो। लकडाउनमा पर्नुभयो। सबै जनतालाई लकडाउनमा राख्नुभयो।’

प्रतिक्रिया दिनुहोस्