काठमाडौं। कोभिड–१९ को कारण सिर्जना भएको परिस्थितिमा गरिएको चार्टर्ड उडानमा यात्रुसँग महँगो भाडा लिएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो।
महामारीको समयमा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी र ट्राभल एजेन्सीले यात्रुसँग बढी भाडा लिएका थिए। यस विषयमा देखापढीले २० जेठमा समाचार लेखेको थियो।
पढ्नुहोस् : महामारीको आडमा कमाउ धन्दा, चार्टर्ड फ्लाइटमा चार गुणासम्म महंगो टिकट
समितिले चार्टर्ड उडानका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सीले लिएको भाडाको विषयमा अध्ययन गर्नेछ।
खासगरी, नेपालमा रहेका विदेशी नागरिक र भिसा अवधि सकिन लागेका नेपाली यात्रुहरूलाई उद्धार गर्न गरिएको चार्टर्ड उडानका क्रममा बढी भाडा लिइएको थियो।
नेपाल एअरलाइन्सको विमान हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरूले यात्रुबाट अस्वभाविक रूपमा बढी रकम लिएका थिए।
आगामी दिनमा चार्टर्ड गर्न लागिएको मुलुकको कूटनीतिक नियोगबाट यात्रूहरूको नामावलीसहितको पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा पहिलेनै खुलाउनु पर्ने भएको छ।
भाडादर नखुलेको अवस्थामा चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएमा मात्रै चार्टर्डको अनुमति दिइने बताइएको छ।
" /> काठमाडौं। कोभिड–१९ को कारण सिर्जना भएको परिस्थितिमा गरिएको चार्टर्ड उडानमा यात्रुसँग महँगो भाडा लिएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो।

">