काठमाडौं। कोरोना महामारीपछि नेपालको आर्थिक अवस्था चलायमान बनाउन विश्व बैंकले ४५० मिलियन अमेरिकी डलर (करीब ५४ अर्ब रूपैयाँ) सहयोग गर्ने भएको छ।
विश्व बैंकले नेपाललाई परियोजना सहायता शीर्षकमा नेपालको सडक स्तरोन्नती, अन्तरदेशीय सडक सञ्जाल लगायतमा पूर्वाधार विकासमा खर्च गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो।
आज उक्त सहायता स्वीकृत गरेको विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उक्त सहायता नागढुंगा-नौविसे-मुग्लिङ सडकखण्ड र कमला-ढल्केबर-पथलैय सडकखण्डको स्तरोन्नतीमा खर्च गर्नुपर्नेछ।
यी दुवै सडक भारत र अन्य देशसँग नेपालले गर्ने व्यापारको लागि महत्वपूर्ण भएकाले यसको स्तरोन्नतीमा विश्व बैंकले सहायता उपलब्ध गराएको बताएको छ।
यसबाहेक, उक्त सहायताबाट राष्ट्रिय सडक सुरक्षा परिषद र सडक विभागको क्षमता अभिवृद्धीमा र अतिव्यस्त सडकहरूको स्तरोन्नती समेत हुने विश्व बैंकले बताएको छ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय म्यानेजर फारिस हदाद जार्भोसले सडक आयोजनाहरूको सुधारमा खर्च हुने रकमले नेपालमा कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असर न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राखिएको बताएका छन्।
" /> काठमाडौं। कोरोना महामारीपछि नेपालको आर्थिक अवस्था चलायमान बनाउन विश्व बैंकले ४५० मिलियन अमेरिकी डलर (करीब ५४ अर्ब रूपैयाँ) सहयोग गर्ने भएको छ।आज उक्त सहायता स्वीकृत गरेको विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

">