आक्रोश पोख्दै युवा जब सडकमा उत्रिए (भिडिओ र तस्वीरहरू)

काठमाडौं। विश्व्यापी महामारी व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै युवाहरू सडकमा उत्रिएका छन्। आज काठमाडौं बालुवाटारमा सयौंको संख्यामा युवाहरू सडकमा उत्रिएका हुन्। आरडीटी परीक्षण रोक्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानवीन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, राहत वितरण प्रभावकारी हुनुपर्ने माग राख्दै सर्वसाधारण युवा सडकमा उत्रिएका हुन्। सामाजिक सञ्जालमा गरिएको आह्वानबाटै युवाहरू सडकमा उत्रिएका थिए।

सरकारले कोभिड-१९ महामारीविरुद्ध १० अर्ब खर्च भएको बताएको छ। तर, क्वारेन्टाइन व्यवस्थित हुन सकेको छैन। परीक्षणको दायरा कम छ। क्वारेन्टाइनमै मृत्यु हुनेको संख्या बढ्दो छ। त्यस्तै ८० औं दिनसम्मको लकडाउनले निम्नमध्यम र मध्यमवर्गको आयस्रोत ठप्प भएको छ। यी सबै आक्रोश प्रदर्शनमा पोखिएको हो।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र लाठी प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्